काठमाडौं । उपत्यकामा बिक्री वितरण हुने जार तथा बोतलको पिउने पानी दुसित तथा न्यून गुणस्तरको रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रमाणित गरेको छ ।
उपत्याकामा धेरै मात्रामा बिक्री वितरण हुँदै आएका ब्रान्डका जार तथा ‘मिनरल वाटर’मा राखिएको पानी गुणस्तरहिन देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले
परिक्षण गर्दा अधिकांश पानीमा गुणस्तर न्युन भएको प्रमाणित गरेको हो । विभागले ललितपुरका १०, काठमाडौंका ११ र भक्तपुरका २ पानी उद्योगमा गुणस्तर समस्या देखिएपछि २३ उद्योगविरुद्ध मुद्दा दायर गरिएको छ ।










