आज दिउसो सवाँ १२ बजे काठमाडौंबाट भारतको नयाँ दिल्ली उडेको नेपाल एयरलाइन्सको वाइडबडी जहाज इन्धिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा रोकियो। नेपाली समयअनुसार दिउसो चार बजे बोर्डिङ पास भइसकेको अवस्थामा एकाएक उडान राेकियाे। जहाज बेलुका ६ बजे दिल्लीबाट उडेर अहिले काठमाडौंमा अवतरण गरिसकेको नेपाल एयरलाइन्सका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए।
जहाज नेपाल त आयो तर रोकिएको किन थियो?
नेपाल एयरलाइन्सका एक अधिकारीका अनुसार आज दिल्ली जाने बोइङको पालो थियो। तर यात्रु धेरै भएका कारण नेपाल एयरलाइन्सले वाइडबडी जहाज उडायो। त्यही जहाजको फेरबदलले उडानमा अवरोध उत्पन्न भयो।
नेपाल एयरलाइन्सको मर्मतको जिम्मा पाएको संस्थामा एयरबसको ए३३० जहाजको प्राविधिक परीक्षण गर्ने इन्जिनियर उडानको समयमा उपलब्ध नहुँदा उडान प्रभावित भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
एयरलाइन्सहरुले उडान गर्ने विमानस्थलमा त्यस्ता मर्मत संस्थालाइ जिम्मा दिएका हुन्छन्। एयरलाइन्सकाे उडान तालिकाअनुसारकाे प्राविधिककाे व्यवस्था गरेका हुन्छन्।
यसमा नेपाल एयरलाइन्सले मर्मत संस्थालाइ जहाज फेरवदलकाे जानकारी नगराएकाेले यस्ताे अवस्था अाएकाे हुनसक्ने एक अधिकारीले अाशंका गरे। उनका अनुसार जहाज नियमित सेड्युलमा नजाँदा पनि यस्ताे भएकाे हुनसक्ने उनकाे अाशंका छ। setopati
https://www.youtube.com/watch?v=icEQ70ZUn6s







