प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी ! के होला मेयर पद ? जान्नुहोस !नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको छोरी रेणु दहालमाथि अख्तियार दुरुपायोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने तयारी गरिरहको छ ।

स्थानीय निर्वाचनमा बिबादित रहेको भरतपुर उपमहानगरपालिकाको मेयरमा निर्वाचित हुन सफल भएकी दहालविरुद्ध अख्तियार दुरुपायोग अनुसन्धान आयोगमा उजुरी परेपछि आयोगले छानविनको लागि तयारी गरिरहेको छ । दहाल मेयरमा निर्वाचित हुने बित्तिकै २ करोड ७० लाख मुल्य पर्ने ल्याण्डक्रुजर गाडी चढ्न थालेकी थिइन् । सोही उक्त गाडी खरिदमा अनियमितता भएको भन्दै अख्तियारमा उजुरी परेपछि आयोगले छानविनको लागि तयारी गरिरहेको छ ।

अख्तियार स्रोतका अनुसार बेनामी उजुरी परेकोले छानविन भइरहेको छ ।

अख्तियारका एक अधिकृतले भने, रेणु दाहालविरुद्ध परेको उजुरी बेमानी रहेकोले छानविन भइरहेको छ, अनियमितता भएको पुष्टि हुन साथ हामी उहाँलार्इ नियन्त्रणमा लिन्छौ ।

https://www.youtube.com/watch?v=icEQ70ZUn6s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार