भखरै बाहिरियो यस्तो गोप्य खबर प्रधानमन्त्री ओलीको निकट खास व्यक्तिले यसरी सक्दैछन सरकारी ढुकुटी ! जान्नुहोस को हुन् ति व्यक्ति ? चुनावका बेला बृद्धबृद्धालाई ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बढाइदिने भनेर भोट मागेका कम्युनिस्टहरू मतदातालाई बिर्सेर आसेपासेलाई फाइदा पुग्ने काम गरिरहेका छन् ।

सरकारमा पुगेर आफैं बजेट बनाउँदा समेत कम्युनिस्ट सरकारले बृद्धभत्ता बृद्धि गरेन । अस्ति भर्खरै कम्युनिस्टका नेता सरकारी ढुकुटी रित्तिएकाले बृद्धभत्ता बढाउन नसकिएको दावी गरे । कम्युनिस्ट नेताको दावी झुटा सावित हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीका खास मान्छे तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले खतरनाक काम गरेका छन् ।

मुख्यमन्त्री पोखरेलले गरेको कामले ढुकुटी रित्तिएको दावी बृद्धबृद्धालाई झुक्याउन मात्रै भएको प्रमाणित गरेको छ । मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको ५ नम्बर प्रदेश सरकारले ४ वटा संघसंस्थालाई ५१ लाख रूपैयाँ बाँड्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले बुटवल उद्योग वाणिज्य संघलाई ४० लाख, बुटवल टेक्निकल इन्स्टिच्यूट (बीटीआई) लाई १० लाख र बुटवल महिला जेसिजलाई १ लाख रुपैयाँ गरी ५१ लाख रूपैयाँ अनुदान स्वरूप दिने निर्णय गरेको हो । बुटवल उद्योग वाणिज्य संघको भवन प्रदेशसभा र प्रदेससभा सचिवालयको रूपमा प्रयोग भएको छ । अब ती भवन प्रदेश सभाका लागि प्रयोग हुने छन् ।

सरकारका प्रवक्ता भौतिक पूर्वाधार तथा यातायात मन्त्री बैजनाथ चौधरीले संघ संस्थाका भवन प्रदेश सभाका लागि प्रयोग हुने भएका ती संघ/संस्थाले अन्यत्र कार्यालय व्यवस्थापन गर्नका लागि रकम दिने निर्णय गरिएको जानकारी दिए ।

‘उहाँहरूले माग्नुभएको होइन । हामीहरूले आफै मनन गरेर ती संघ संस्थालाई अन्यत्र कार्यालय व्यवस्थापनका लागि रकम दिने निर्णय गरेका हौ,’ चौधरीले भने । संघसंस्थाले नमागीकनै कम्युनिस्ट सरकारले बजेट बाँडिरहेको छ । चुनावका बेला बृद्धभत्ता बढाउँछौं भनेर पनि ज्येष्ठ नागरिकका लागि भने कम्युनिस्ट सरकार ढुकुटी रित्तिएको दावी गर्छ ।

अहिलेसम्म यति ठूलो रकम प्रदेश सरकारले अनुदान स्वरूप दिएको यो पहिलो निर्णय हो । कुन मापदण्डका आधारमा अनुदान रकम निर्धारण गरियो भन्ने विषय पनि खुलाइएको छैन ।

सरकारले प्रयोग गरे स्वरूपमा रकम उपलब्ध गराइएका भवनहरू निजी जग्गामा बनेका भवनहरू होइनन्, भोगाधिकारका लागि प्राप्त जग्गामा बनेका भवनहरू हुन् । केही वुद्धिजीवीहरूले संघसंस्थालाई यति धेरै रकम अनुदान स्वरूप दिन नहुने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलको निर्णयले देशैभरिका ज्येष्ठ नागरिकलाई चकित पारेको छ । पूर्वघोषित ठाउँमा बजेट छैन भनेर आलटाल गर्ने तथा भएको बजेट जथाभावी बाँड्ने सक्ने कामले कम्युनिस्ट मुख्यमन्त्री र सरकारको असली रुप उदाङ्गो भएको छ । सरकारको व्यवहार देखेर चुनावका बेला झुक्याउने कम्युनिस्टलाई बृद्धबृद्धाले सराप्न थालेका छन् । mediadabali बाट

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार