
पुनर्गठित माअाेवादी केन्द्रका अध्यक्ष गाेपाल किरातीले विप्लव नेकपाका प्रवक्ता प्रकाण्डकाे गिरफ्तारीकाे घाेर विराेध र भर्त्सना गरेका छन् ।
किरातीले जनापाटी अनलाइनसँगकाे टेलिफाेन कुराकानीमा अाेली सरकारले नेकपाका नेता कार्यकर्ताहरूकाे गिरफ्तार गरेर चरम फासिवाद लाद्न खाेजेकाे भन्दै त्यस कार्यकाे विराेध गरेका छन् ।
सर्वप्रथम त म विप्लव नेकपाका प्रवक्ता प्रकाण्डसहित गिरफ्तार नेता कार्यकर्ताकाे अाेली सरकारद्धारा भएकाे गिरफ्तारीकाे घाेर विराेध र भर्त्सना गर्दछु । किरातीले भनेका छन्, अविलम्ब गिरफ्तार सबै नेता कार्यकर्ताकाे रिहाइकाे माग गर्दछु ।
यसैबीच पुनर्गठित माओवादी केन्द्रका महासचिव सुशीलले प्रवक्ता प्रकाण्डलाई गरिएकाे गिरफ्तारीकाे विराेध एक प्रेस विज्ञेप्ती जारी गरेर भर्त्सना गरेका छन् ।
महासचिव शुसिलले विहीबार विज्ञप्ति जारी गरेर प्रबक्ता प्रकाण्डको गिरफ्तारीले सरकारको परिवर्तन विरोधी चरित्र उदाङ्गिएको बताएका छन् ।
“देश, जनता र वर्गको निम्ति गरिएको राजनीतिक आन्दोलन र उक्त आन्दोलनमा समाहित नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरिनुले केपी ओली सरकारको जनविरोध। परिवर्तन विरोध चरित्र उदाङ्गिएको छ । नेकपाको पार्टी प्रबक्ता कमरेड प्रकाण्डलगायत अन्य दुई जनालाई गरिएको गैरकानुनी गिरफ्तारीलाई हाम्रो पार्टी घोर भत्सर्ना गर्दछ” विज्ञप्तिमा भनिएको छ ।
देशमा भ्रष्टाचार, बलात्कार, अपहरण, सीमा अतिक्रमण जस्ता समस्याले देश आक्रान्त पारेको बताउँदै त्यसको समाधान गर्नुको साटो राजनीतिक आन्दोलनमा लागि रहेका नेताहरुलाई गिरफ्तार गरिरहेको भन्दै शुसिलले सरकारको विरोध गरेका छन् ।
महासचिव शुसिलले प्रबक्ता प्रकाण्डलाई सरकारले गैरकानुनी रुपमा गिरफ्तार गरेको भन्दै रिहाईको माग गरेका छन् ।








