छोरा अपहरणमा परेको भन्दै प्रहरीमा गलत सूचना दिने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय अपराध महाशाखाको टोलीले बैतडी पाटन नगरपालिका ६ स्थायी घर भइ हाल कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई पक्राउ गरेको हो।
विष्टले आफ्नो २० वर्षीय छोरा नरेश विष्ट अपहरणमा परेको भन्दै बुधबार प्रहरीमा उजुरी गरेका थिए।
प्रहरी कन्ट्रोलमा फोन गरी छोरा अपहरणमा परेको जनाएका थिए। तर महाशाखाको टोलीले सो सम्बन्धमा अनुसन्धान गर्दा अपहरणमा परेको भन्ने सूचना गलत दिएको खुलेपछि उनलाई नियन्त्रणमा लिइएको महाशाखाले जनाएको छ। setopati
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=61s







