वृद्धा,अपांग र नाबालिकामाथि बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय दिने गरी कानून बनाउने तयारीमा सरकार लागेको छ।

महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाले वृद्धा, अपांग र नाबालिकालाई बलात्कार गर्नेलाई आजीवन कारावासको सजाय दिने गरी कानून बनाउन लागिएको जानकारी दिइन्।

उनले महिला हत्या, हिंसा र बलात्कार गर्नेलाई कडा कार्वाही हुनेगरी विद्यमान कानून परिमार्जन गर्ने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको पनि स्पष्ट पारिन्।

बिहिबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको बैठकमा बोल्दै मन्त्री थापाले मुलुकमा बढ्दै गइरहेको महिला हिंसा, बालबालिकाको हत्या लगायतको घटनाप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न सरकारले सचेतनामूलक कार्यक्रमलाई पनि जोड दिएको दाबी गरिन्।

बैठकमा बोल्दै समितिका सदस्यहरूले मुलुकमा बढदै गइरहेको महिला हिंसा, बालबालिकाको हत्यालगायतका घटना तत्काल नियन्त्रण गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

समितिकी सदस्य पवित्रा निरौला (खरेल) ले झापामा ४ वर्षीय बालकको समेत हत्या गरिएको भन्दै तत्काल त्यस्ता घटना नियन्त्रण गर्न सरकारसँग माग गरिन्।

समितिकी अर्का सदस्य गंगा चौधरी (सत्गौवा) ले महिला हत्या, हिंसा र बलात्कारको घटना हुन नदिन गाउँ/गाउँसम्म चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

उनले महिला, बालबालिका र जेष्ठ नागरिकमाथि हुने विभेद अन्त्य गर्न समाजका सबै क्षेत्रले उतिकै चासो दिनुपर्ने आवश्यकता पनि औंल्याइन्।

समितिका सदस्यहरूले महिलामाथि हुने बलात्कारको घटनालाई नियन्त्रण गर्न कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिन पनि सरकारलाई सचेत गराए। setopati बाट

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार