घुम्यो फि¥यो कुरो सरकारकै आउँछ । पानी पर्नासाथ शहरका चोक चोकमा आहाल जम्छ । त्यसपछि धुलो उडेर कुइरो मण्डल हुन्छ । नर्कले पनि नर्क भनेर सराप्ने स्थितीमा देशका सडकहरु छन् ।

कंलकी नागढुंगाको सडकको धुलो, धुँवा, हिलो र जाममा फसेका हरेक अनुहार रिसले आगो ओकल्न तयार भैरहेको हुन्छ । जम्मा ९ किमि सडक, ४ वर्ष भयो । जनताको सराप नखाने कुनै सरकार मन्त्री बाँकी रहेनन् । जनता डाँको छोडेर रुन मात्र सकेका छैनन् । टाउको, मुख, आँखा सब छोपेर प्रत्येक दिन त्यही बाटो हिँड्नु पर्ने सर्वसाधारणको हविगत बयान गरी नसक्नु को छ ।

हिँड्नेलाई सास्ती, गाडीमा गुड्नेलाई सास्ती, वरपर व्यापार गर्नेलाइ्र्र सास्ती, स्थानीय बासिन्दालाई सास्ती कति हो कति । देशको ६५ जील्ला जान प्रयोग हुने यो ९ किलोमिटर बाटोमा हासेको एउटा अनुहार भेटिदैँन । हुन त अनुहार देख्न पाए पो हाँसेको भेटिनु, हरेकको अनुहार ढपक्कै ढाकिएको हुन्छ, अनुहार नढाक्नेहको कपाल, आँखी भौ परेला धुलोले भरीपुर्ण हुन्छ ।

आफ्नै आफन्त र साथी भाईनै चिनिने स्थीती छैन । देशका अन्य सडकको स्थिती पनि लगभग यस्तै हो । सङ्लो र खाल्डा खुल्डी नभएको सडक देख्न मुस्कील नै छ । वर्तमान सरकारका पक्षधरहरु भन्छन्, ५/६ महिनामा यो सरकारले कसरी यत्रो काम गरोस् । २० औ वर्षदेखि नबनेका, विगारिएका बाटाहरु यो सरकारले ६ महिनामा कसरी बनाउन सक्छ ?

काठमाडौं । न्युज २४ टेलिभिजनबाट प्रशारण हुँदै आएको चर्चित कार्यक्रम ‘सिधाकुरा जनतासँग’को आज २६० औं एपिसोड हो । तपाईलाई थाहै छ, यो कार्यक्रममा सत्य, तथ्य र निष्पक्ष रुपमा विभिन्न प्रकारका मुद्धाहरुलाई उठान गरिन्छ, र समाधानको उपायलाई विषेश महत्व दिइन्छ ।

यसै क्रममा आजको इपिसोडमा पनि विभिन्न रिपोर्टहरु प्रस्तुत गरिएको छ । ‘सिधाकुरा जनतासँग’कार्यक्रमको आजको इपिसोडमा निम्न रिपोर्टहरु प्रस्तुत गरिएका छन्ः

१. आजको इपिसोडमा ‘काठमाडाैंमा रहेको दलीत आयोगमै समयमा आउदैन्न कर्मचारीहरु’ भन्ने शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।

सरकारी कार्यालयमा कामको समय भनेको बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हो । तर काठमाडौंकै विभाग तथा आयोगहरु कार्यालय समयमै कर्मचारीविहिन हुने गरेका छन् । जसका कारण सेवाग्र्राही काम भन्दा बढी तनाव झेल्न बाध्य हुन्छन् ।

२. आजकै एपिसोडमा ‘मरेको गोरुको तस्करीमा प्रहरी र क्वारेन्टाईनको सहयोग’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।

पशु क्वारेन्टाइन, प्रहरी र भन्सार कार्यालयकै मिलेमतोमा भैरहवाबाट मरेका गोरु तस्करी गरिएको भेटिएको छ । भैरहवाबाट चितवन तर्फ लगिदै गरेका गोरु बुटवलस्थीत हाम्रा टिभि जर्नलिष्ट कृष्ण पाण्डेले चेक गर्दा २ वटा गोरु मृत भेटाएका हुन् । ट्रकमा लोड गरिएका गोरुको अवस्था अश्वभाविक देखिएपछि हाम्रो टिमले वडा प्रहरी कार्यालय रामनगरलाई खबर गरेको थियो ।

३. त्यस्तै आजकै एपिसोडमा ‘प्रदेश ७ का नगरपालिकाको विज्ञापन प्रदेश ५ का पत्रिकामा’ भन्ने शिर्षकमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।

बुटवलबाट निस्कने ‘दैनिक पत्र’ नामक पत्रिकामा सुदुरपश्चिमको कञ्चनपुर, कैलाली, बर्दिया, दाङ लगायत जिल्लाका नगरपालिकाका सुचानाहरु प्रकाशित गरिदो रहेछ । नगरवासीका नाममा अनुरोध भन्दै नगर प्रमुख नाम सहित छापिएका छन् ।

पत्रिका पसलेहरुलेत पत्रिकाको नामनै सुनेका रहेनछन् । जनु ठाउँका नगरवासीका लागि सुचना छापिन्छ, उनिहरुसम्म पत्रिका नपुगेपछि सुचना छापेको के अर्थ ?

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार