सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका सांसदले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेपछि उनी रिसाएका छन् ।

दाङबाट निर्वाचित नेकपा सांसद मेटमणि चौधरीले अहिलेको अर्थमन्त्रीबाट जनताको मागको संबोधन हुन नसक्ने भन्दै उनको राजीनामा माग गरेपछि उनी रिसाएका हुन्।

प्रदेश ५ का सांसद र प्रधानमन्त्रीसँगको छलफलमा उनले भने,’अहिलेको बजेटबाट जनताको माग संबोधन हुन सक्दैन, सकिन्छ भने बजेट करेक्सन गरौं, होइन भने अर्थमन्त्री नै चेञ्ज गरेर जानुपर्छ।’

अर्थमन्त्रीकै कारण चुनावअघि नेपाल कम्युनिस्ट पार्टीप्रति रहेको जनताको आशा र भरोसा निराशामा परिणत हुन लागेको भन्दै सांसद चौधरीले हटाउन माग गरेकाे स्राेतले बताएकाे छ।

सांसदहरु नन्दलाल रोकाया, खिमलाल भट्टराई, पूणर सुवेदी, हिराचन्द्र केसी, सोमप्रसाद पाण्डे, तुलसा थापालगायतका सांसदहरुले सरकार र मन्त्रीहरुको काम-कारबाहीका साथै यो आर्थिक वर्षको वजेटका विषयमा धारणा राखेका थिए ।

यस विषयमा प्रधानमन्त्री ओलीले भने सिधा जवाफ दिएनन् । उनले नेपाल कम्युनिस्ट पार्टीको सरकार बन्दा देश ठूलो आर्थिक संकटमा रहेकाले बाध्य भएर अहिलेको जस्तो बजेट ल्याउनुपरेको बताए । प्रधानमन्त्री ओलीले आगामी वर्षमा यसलाई सच्याएर जाने आश्वासन पनि दिए ।

स्राेतका अनुसार सांसदहरुले अर्थमन्त्रीको खतिवडा राजीनामाकाे कुरा उठाएपछि प्रधानमन्त्री अाेली तनावित बनेका छन्। प्रधानमन्त्री अाेली अर्थमन्त्रीको खतिवडालार्इ राजीनामा दिन लगाउने साेचमा नरहेका स्राेतकाे भनार्इ छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार