सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा जाने भएका छन् ।

कुन प्रयाेजनका लागि भारत जाँदैछन् भन्ने कुरा भित्री कुरा बाहिर नअाएपनि उनी भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग केही विशेष कुरा गर्न भारत जाँदैछन् ।
बाहिर अाएका समाचारका अनुसार भारत भ्रमणका क्रममा प्रचण्डले द्विपक्षीय हित तथा नेपाल–भारत–चीनबीच त्रिदेशीय साझेदारीका विषयमा भारतीय प्रधानमन्त्री माेदीसहितका उच्च नेतृत्वसँग भेट छलफल गर्नेछन् ।
केही समय अघि चितवनमा आयोजित एक कार्यक्रमा प्रचण्डले छिट्टै आफू भारत भ्रमणमा जाने बताएका थिए । भ्रमणमा विकासका मोडेलबारे छलफल गर्ने प्रचण्डले बताएका थिए ।
यसैबीच प्रचण्ड चीन भ्रमणमा पनि जाने भएकाे बुझिएकाे छ । प्रचण्डले आगामी भदौं २२ देखि २७ सम्म भारतको भ्रमणपछि असोज १ गते एक साता लामो चीन भ्रमणमा जाने प्रचण्डको सचिवालयले जनाएको छ ।
अघिल्लो साता नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याजुनले प्रचण्डसँग भेटवार्ता गरि चीन भ्रमणको निम्तो दिएका थिए ।
प्रचण्डले चिनियाँ कम्युनिष्ट पार्टीले पनि आफूलाई विकासका मोडलका बारेमा कुराकानी गर्न आमन्त्रण गरेको जानकारी दिएका थिए ।
भारत भ्रमणका लागि प्रचण्डकाे तयारी पूरा भएकाे तर चीन भ्रमणबारे अझै ठाेस नभइसकेकाे प्रचण्डकाे सचिवालयले जनाएकाे छ ।







