पछिल्लो समयमा जसरी बलात्कारका घटना बढ्दै गइरहेका छन् त्यसरी नै यस्तो जघन्य अपराधको घटनालाई व्यक्तिगत प्रतिष्ठासँग जोडेर सकेसम्म घरभित्रै मिलाउने प्रवृत्ति पनि बढ्दै गएको छ।
बलात्कारका विभत्स घटनाहरू बढिरहेका छन् । नारी हकका आवाज जति सशक्त हुँदै गरेका भए पनि आखिर यस्ता घटनाले समाजलार्इ विसंगतितिर धकेलेकाे छ । नाबालिकामाथि सामूहिक बलात्कारका घटना धेरै देखा पर्न थालेका छन् । यो निकै चिन्ताको विषय हो ।
कतिपय बलात्कारका घटनाहरू त यति विभत्स हुन्छन् कि सुन्दा पनि आङ जिरिंग हुन्छ, मुटु थर्र काँप्छ । धेरै बलात्कारका घटना चिनेजानेका मानिस वा अाफन्तबाटै हुन्छन् । साथी, शिक्षक, हाकिम या आफूभन्दा शक्तिशाली ओहोदाका व्यक्ति या नातेदारबाटै यस्ता घटना भइरहेको देखिन्छ ।
यसरी दिनुहँ बलात्कारका घटना बढ्दै गएकाे बेला आगामी भदौ १ देखि लागू हुनेगरी नयाँ ‘मुलुकी एेन’ ल्याइएकाे छ । ‘मुलुकी देवानी संहिता’ र ‘मुलुकी अपराध संहिता’ नाममा लागू हुन लागेकाे यो एेनसँगै १६५ वर्षदेखि अस्तित्वमा रहेको कानुन खारेज हुँदैछ । नयाँ कानुनमा बलात्कर वा जबरजस्ती करणीसम्बन्धी व्यवस्थामा विगतकाे भन्दा केहीफेर र कडाइ गरिएकाे छ ।
नयाँ बनेको कानुन अनुसार ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको’ मानिनेछ ।
जबरजस्ती करणी र सजायँ
करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन । गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग पुरा वा केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ ।







