वासिङ्टन । अमेरिकाको राजधानीको सी.टेक इन्टरनेश्नल एयरपोर्टबाट अलास्का एरलायन्सको कर्मचारीले गत शुक्रबार राति ८ः१५ बजे कम्पनीको एक वटा प्लेन चोरी गरेका छन् । एयरलायन्सका अनुसार सो विमानमा कुनै पनि यात्रु थिएनन् ।
यसरी प्लेप चोरी भएपछि अमेरिकी सेनाको दुई वटा फाइटर जेटले पछ्याएका थिए तर केही समयपछि सो प्लेन ५० किलोमीटर टाढा केट्रान अँइसल्याण्डमा दुर्घटना भएको छ ।

एयरलायन्सले जानकारी गराए अनुसार केही दिन पहिले क्याउटी निवासी २९ वर्षीय उक युवकले ७६ सिट भएको होराइजन एयर क्यु ४०० चोरी गरेका थिए । उनले पनि एक्लै सो विमान चोरी गरेका थिए । प्लेन क्र्यास हुनको कारण भने स्टन्ट गर्दा या जहाज कसरी उडाउने जानकारी नभएको मानिएको छ ।
यस्तो घटना घटेपछि सो स्थानमा जहाज उडाउन रोक लगाईएको छ । तर अहिले आएर स्थीती राम्रो हुन थालेको छ । यता एयरपोर्ट क्यानेजमेन्टले भने यो घटना कुनै आतंकाकारी घटना नभएको बताएको छ ।

गत शुक्रबार क्याउटीका एक स्थानीय किंग नामक एक युवले भने, ‘राति मैले एक बिहे पार्टीमा फोटोग्राफी गरिरहेको थिए । सोही समयमा एउटा जहाज उडिहरेको थियो, भने दुई वटा फाइटर जेटले अघि पछि गर्दै पछ्याईरहेका थिए । यो एउटा कुनै फिल्मको सिन जस्तो थियो ।’ तर उनलाई सो प्लेन दुर्घटना भएको भने जानकारी भएन । केही समयपछि आइसल्याण्डमा धुँवा आईरहेको भने देखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार