चिकित्सक गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक तोडमोड हुन सक्ने आशंका गर्नुभएको छ प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटवार्तापछि केसीले विधेयकमा तोडमोड गर्न सक्ने आशंका व्यक्त गर्नुभएको छ । सञ्चारकर्मीसँग कुरा गर्दै केसीले विधेयक कसरी आउँछ त्यो हेर्न बाँकी रहेको बताउनुभयो ।

उहाँले आफूले अझै आशा राखेको भएपनि प्रधानमन्त्री ओलीसँगको छलफल अपेक्षाकृत हुन नसकेको बताउनुभयो । उहाँले आफूसँग भएका ९ बुँदे सहमति अक्षरसः पालना हुनुपर्नेमा सरकारको ध्यानाकर्षण समेत गराउनुभयो ।

आफूले राखेका माग चिकित्सा क्षेत्र सुधारको भएको भन्दै सरकारले सहमति कार्यान्वयन नगरे पुनः अनशनमा बस्ने चेतावनी दिनुभयो । केसीको १५ औं आमरण अनशनपछि सरकारले ९ बुँदे सहमति गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार