प्रहरीले बुटवलको एक हुक्का बारमा छापा मारी सय भन्दा बढि किशोर किशोरीलाई नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले शनिबार अपरान्ह बारमा छापा मारेर कम उमेरका युवा युवतीहरुलाई हुक्का तान्दै अगरेका अवस्थामा पक्राउ गरेको हो । साथै प्रहरीले बार सञ्चालकमाथि पनि कारबाहीको प्रक्रिया अगाडि बढाएको जनाएको छ ।
प्रहरीको टोलीले बुटवलका विभिन्न हुक्का बारहरुमा छापा मारेको छ । पक्राउ परेका माथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
अभिनेत्री मनिषा काेइरालाले लेखिन् यस्ताे किताव
बलिउडकी नेपाली अभिनेत्री मनिषा कोइराला अब लेखिका बनेकी छन् । उनले लेखेको पहिलो पुस्तकको नाम रहेको छ, ‘द बुक अफ अनटोल्ड स्टोरिज’ ।
मनिषाले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट पहिलोपटक किताबको नाम सार्वजनिक गरेकी हुन् । उनले किताबको फस्र्ट लुक पनि सेयर गरेकी छन् । किताब कस्तो प्रकारको हो भन्ने चाहिँ उनले केही खुलाएकी छैनन् ।
साथै मनिषाले आफ्नो भेरिफाइड टि्वटर ह्यान्डलबाट टि्वट गर्दै प्रकाशकलाई धन्यवाद दिएकी छन् ।
‘धन्यवाद पेग्विन इन्डिया र गुरवीन चड्डा, मलाई आफ्नो कथा सनाउन प्रेरित गरेकोमा । यो मेरो पहिलो किताब हो । आशा छ अरु धेरै आउनेछन् किनकी म यो काममा रमाइरहेकी छु,’ मनिषाले लेखेकी छन् ।
बलिउडमा लामो समय सक्रिय रहेकी मनिषा सन् २०१२ मा क्यान्सरबाट पिडित बनेकी थिइन् । उनले अमेरिकामा रहेर क्यान्सरको उपचार गराइन् । आफ्नो पुस्तकमा क्यान्सर रोग र उपचारको अनुभवलाई उनले विस्तृतरुपमा उल्लेख गरेको अनुमान गरिएको छ । साथै आफ्नो असफल वैवाहिक जीवनका विषयमा पनि केही रहस्योद्घाटन गर्न सक्नेछिन् । मनिषाले नेपालका व्यवसायी सम्राट दाहालसँग विहे गरेको छोटो समयमै अलग्गिएकी थिइन् ।
क्यान्सरबाट मुक्त भएपछि मनिषा पुन बलिउडमा सक्रिय हुने प्रयास गरिरहेकी छन् । उने अभिनय गरेको फिल्म ‘सञ्जु’ हालै प्रदर्शनमा आएको थियो । चाँडै उनी एउटा वेब सिरिजमा पनि लिड रोलमा देखिदैछिन् ।







