सत्तारुढ नेकपाका नेता तथा राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईलाई जापान सरकारले विमानस्थलबाटै फर्काइदिएको छ। जापानको हिरोसिमामा आयोजित निशस्त्रीकरणसम्बन्धी कार्यक्रममा भाग लिन गएका भट्टराईलाई जापानले विमानस्थलबाट प्रवेश अनुमति नदिएको हो।

भट्टराईसँगै नेकपाकै अर्का युवा नेता एवम् अनेरास्ववियूका पूर्व अध्यक्ष किशोर मल्ल, दुर्गा शर्मा लगायत जापान गएका थिए।

जापानको हिरोसिमास्थित होटलमा भट्टराईलाई स्वागत गर्न नेपाली प्रतिनिधिहरु उपस्थित रहेपनि उनी होटलमा नपुगेपछि यो तथ्य बाहिरिएको हो। स्वागतका लागि होटल पुगेकाहरु नेतालाई विमानस्थलबाटै फर्काइएकोमा लज्जित हुँदै फर्किएका थिए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार