अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भइ प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका व्यक्ति पक्राउ परेका छन्।

बकैया गा.पा.वडा नं. ४ बस्ने घट्टघरे कान्छा भन्ने दूध बहादुर लोलाई प्रदेश ३ प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएको प्रहरी टोलीले शुक्रबार पक्राउ गरेको हो।

काठमाडौं कुलेश्वरका प्रमोद चौधरीको छोरा अपहरणमा संलग्न भइ विगत ६ वर्षदेखि फरार रहेका ४२ वर्षीय लोलाई क्षेत्रीय अनुसन्धान समूहका प्रहरी निरीक्षक रोशन थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

हिँड्डुल गर्दा हातहतियार बोकेर हिँड्ने र गाउँघरका विभिन्न व्यक्तिहरूलाई कुटपिट गर्ने, झैझगडा गर्ने, जबरजस्ती असुली गर्ने लगायतका कार्यहरूमा संलग्न लोबाट स्थानीय सर्वसाधरण पीडित बनिरहेकाबारेमा प्रहरीमा सूचना प्राप्त भएको थियो।

२०६९ फागुन २१ गते काठमाडौंको कालिमाटीका प्रमोद चौधरीको १७ वर्षीय छोरा सोनु चौधरीको अपहरणमा संलग्न भएका लोको अन्य अपराधजन्य कार्यमा समेत संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।setopati.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार