सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले वाषिर्क २५ अर्बको मोवाईल सेटको कारोबार हुने गरेको बताएका छन्। उनले २५ अर्बको काराेबारकाे मोवाईल सेटमा झण्डै ५ अर्बका मोबाइल सेट राजश्व नतिरी आउने गरेको बताए।
उनले अबैध रुपमा भित्रिएका मोबाइल फोनहरु तत्काल बन्द गर्ने समते बताए। विदेशमा भएका आफन्तले पठाउने र लिएर आउने फोनको रेकर्ड पनि सरकारसँग छैन ।
नेपालमा रहेका कुल फोनमध्ये २० प्रतिशत राजस्व नतिरी सञ्चालनमा रहेको भन्दै उनल अब आईएमईआई नम्बर दर्ता गरेर मात्रै फोन चलाउने प्रावधान लागू गर्ने बताए ।
राज्यमन्त्री बास्कोटाले भने, ‘मोवाइल सेटहरुलाई राजश्वको दायरामा ल्याउने काम अगाडि बढिसकेको छ ।’ ‘अनाधिकृत रुपमा हुने प्रयोग रोकेर ५ अर्ब देशलाई फाइदा पुर्याउने हाम्रो लक्ष्य हो’ राज्यमन्त्री बोस्कोटाले भनेका छन् ।







