प्रहरी चाैंकीबाट मुक्त गराएपछि स्थानीयहरू ।

राेल्पामा विप्लव नेकपाका स्थानीय कार्यकर्ताहरूलार्इ प्रहरीले गिरफ्तार गरेपछि अाक्राेशित स्थानीयहरूले उनीहरूलार्इ प्रहरीकाे हिरासतबाट मुक्त गराएका छन् ।

केही दिन अघि राेल्पा घर्तीगाउँमा नेकपाका प्रवक्तासहित गिरफ्तार नेता कार्यकर्ताकाे विराेधमा शान्तिपूर्ण कार्यक्रम गरिरहेकाे बेला कार्यक्रमस्थलबाटै स्थानीय कार्यकर्ता गिरफ्तार गरेपछि त्यसकाे एक दिनपछि स्थानीयहरूकाे ठूलाे समुह प्रहरी चाैकी गइ अाफ्ना स्थानीय नेतालार्इ प्रहरीकाे हिरासतबाट मुक्त गराएका हुन् ।

रोल्पाको माडी गाउँपालिका अन्तर्गत पर्ने घर्तिगाउँ बजारमा व्यापक जनसहभागितामा रिहाइको मागगर्दै कोणसभा गर्दै गर्दा पक्राउ परेका नेकपा रोल्पा जिल्ला कमिटी सदस्य दिनेश र सुर्यलाई बिनाकारण प्रहरीले गिरफ्तार गरी ईप्रका घर्तिगाउँमा राखेकाे थियाे ।

ठूलो संख्यामा रहेका आक्रोसित पश्चिम रोल्पाली जनताहरुले ईप्रका घेराउ गरी प्रहरीकै कब्जाबाट  दिनेश र  सुर्यलाई मुक्त गरेर ल्याउन सफल भएका छन ।

प्रवक्ताकाे गिरफ्तारीकाे विराेधमा देशैभरि विप्लव नेकपाद्धारा विराेधसभा

अाेली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई काठमाडौँबाट बिनाकारण गिरफ्तार गरेको विरोधमा देशव्यापी कोणसभा भएका छन् ।

नेकपाले घोषणा गरेको केन्द्रीय कार्यक्रम अन्तर्गत शुक्रबार देशव्यापी कोणसभा कार्यक्रम सम्पन्न भएका छन् ।

यसैक्रममा नेकपा निकट अखिल (क्रान्तिकारी)ले काठमाडौँमा रहेको त्रिचन्द्र क्याम्पसमा पार्टीका प्रवक्ता प्रकाण्डलगायत नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै कोणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा अखिल क्रान्तिकारी) क्याम्पस जिल्लाका अध्यक्ष उशाकिरण आजदलगायत नेतारुले सम्बोधन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डलगायत नेतहरुलाई तत्काल बिनासर्त रिहा नगरे अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ले चेतावनी पनि दिएका छन् ।

उनीहरुले जनगणतन्त्र स्थापना गर्न, जनजीवीकाको पक्ष अगाडि बढनु भएका नेताहरुलाई यसरी हतकडी लगाउनुमा सरकार नेपाली जनताको हितमा नभएको कुरा बताएका थिए ।

यसैगरी पार्टीका प्रवक्ता प्रकाण्ड लगायतका पार्टीका नेताहरुलाई बिनासर्त रिहाइको माग गर्दै नेकपा, जाजरकोटले शुक्रबार खलंगाको ठाटीमा कोणसभा सम्पन्न गरेको छ ।

कार्यक्रममा नेकपा, जाजरकोटका सेक्रेटरी केवी मल्लले सम्बोधन गरेका थिए । नेकपा कैलालीद्धारा कैलालीको अत्तरियामा काेणसभा सम्पन्न गरेकाे समाचार प्राप्त भएकाे छ ।

उक्त पार्टीले कोणसभा देखि नेपाल बन्द सम्मको कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डसहित तीन जनालाई बुधबारै पाँच दिनको म्याद थप गरेर अनुसन्धान गर्न भनी टेकु प्रहरी हिरासतमा राखिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार