पाँच वर्षअघि आफैंले रोजेको केटासित उनले बिहे गरेकी थिइन् । सबथोक ठीकठाक चलिरहेको थियो । विवाह गरेको २ वर्षमै छोरी जन्मिएपछि उनको परिवार औधी खुसी थियो । तर श्रीमान श्रीमती दुवै बेरोजगार हुँदा परिवार चलाउन समस्या भयो । उनीहरूबीच बेला(बेला विवाद पनि हुन थाल्यो । आर्थिक समस्याका कारण परिवारमा तनाव भएपछि माइतीको सहयोगमा श्रीमान्लाई वैदेशिक रोजगारीमा पठाइन् । यो कथा हो, ओखलढुंगाको फूलबारी गाविसकी २७ वर्षीया विमला राई (नाम परिवर्तन) को ।

श्रीमान् वैदेशिकरोजगारीमा पठाएपछि विमला पनि काठमाडौंमै व्यवसाय गर्दै काकाकाकीसँगै बस्न थालिन् । उनी स्वयम्भूमा भाडामा बस्थिन् । घरबेटीकी छोरीको सहयोगमा विमलाले फेसबुक पनि चलाउन सिकिन् । त्यही फेसबुकबाट भएको चिनाजानी मायाप्रेममा बदलिएपछि उनी झन्डै बेचिने अवस्थामा पुगेकी थिइन् ।todaysnepal.com

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार