नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले केपी अाेली नेतृत्वकाे सरकारले जनताकाे पक्षमा काम नगरकाेले जनता नै त्यसकाे विकल्प खोज्ने बताएका छन् ।

सरकारले देश र जनताको पक्षमा भन्दा अाफ्नाे गाेजी भर्ने काममा लागेकाे उनको आरोप छ ।

‘देश र जनताको पक्षमा न नीति तथा कार्यक्रम आए न बजेट आयो,’ उनले भने, ‘सरकारको असली चरित्र बुझ्न दुई तीन बर्ष लाग्ला भनेको केही महिनामै छर्लङ्ग भयो ।’

कम्युनिष्ट र समाजवादको नाममा आफ्नै कार्यकर्ता पोस्ने काम मात्र गरेको उनले आरोप लगाए । ‘चुनावी लाभको लागि मात्र कम्युनिष्ट र समाजवादको भनेका हुन्, उनीहरुको खोल मात्र कम्युनिष्ट र समाजवाद हो, मुख्य लक्ष्य त आसेपासे पुजिँवादलाइ भरण पोषण गर्ने र आफ्नो कार्यकर्ता पोस्ने मात्र हो,’ भट्टराइले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार