प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीच आज भेटवार्ता भएको छ ।

आज दिउँसो प्रधानमन्त्रीको निजी निवास बालुवाटारमा पौने दुई घण्टा वार्तामा डा. केसीले सहमती कार्यान्वयन नभए पुनः अनसन बस्ने चेतावनी दिएका छन् ।

बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले सरकार अन्य महत्वपूर्ण काममा अल्झेकाले तत्काल समहती कार्यान्वयन गर्न नसकेको र केही समय पछि सहमती अनुसार नै काम गर्ने विश्वास दिलाए ।

चिकित्सा शिक्षा सुधारका लागि सरकारले गरेको सम्झौता कार्यान्वयन गर्न ढिलाइ भएपछि डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेरै अनशन तोडेका बेला गरेका सम्झौता कार्यान्वयन गर्न ध्यानाकर्षण गराएका हुन् ।

‘सम्झौता तोडमोड गरेमा वा कार्यान्वयन नगरेमा १६ औं अनशन बस्छु’ प्रधानमन्त्रीसँगको वार्तामा डाक्टर केसीले भने, ‘सम्झौता हुबहु संसदबाट पारित गर्नुपर्छ ।’

१५ औं अनशन बसेका डाक्टर केसीलाई साउन १० गते अनशन तोडाउने बेला सरकारले काठमाडौं उपत्यकाभित्र १० वर्ष नयाँ मेडिकल कलेज नखोल्ने जस्ता ९ बुँदामा सम्झौता गरेको थियो ।

उक्त सम्झौता भएको १६ दिन भइसक्दा पनि सरकारले कार्यान्वयन नगरेको भन्दै डाक्टर केसीले प्रधानमन्त्रीलाई भेटेका हुन् । केसीले राखेका माग हल गर्न कार्यदल नै बनाउने सरकारले बताए पनि काम सुरु गरेको छैन ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार