जनकपुरधाम धनुषामा टिपरले पुनः एकजनाको ज्यान लिएको छ। टिपरको ठक्करबाट शनिबार मोटरसाइकल चालकको ज्यान गएको हो। टिपरले ठक्कर दिँदा धनुषाधाम नगरपालिका ५ नौसय बिग्घाका २६ वर्षीय उमेश दासको मृत्यु भएको हो।

शनिबार दिउँसो ढल्केवरबाट जनकपुरतर्फ आउँदै गरेको बा ८ ख ११७० नम्बरको टिपरले विपरीत दिसातर्फ जाँदै गरेको ज १० प ८४३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

टिपरको ठक्करबाट गम्भीर घाइते दासको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको हो। ठक्कर दिने टिपर र मोटरसाइकल ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको नियन्त्रणमा लिएको छ।

जनकपुर ढल्केवर सडक-खण्डमा ट्राफिक प्रहरीले टिपरको गति नियन्त्रण गर्न टाईमकार्ड लागू गरेपनि कार्यान्वयन हुनसकेको छैन्।

https://www.youtube.com/watch?v=icEQ70ZUn6s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार