विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीका राजनीतिक गतिविधिमा हस्तक्षेप गरेर सरकारले ठूलो भूल गरेको गरेकाे भन्दै त्यसकाे ठूलाे मूल्य अाेली सरकारले चुकाउने बताएका छन् ।

प्रहरी हिरासतमा रहेका प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले उठाएका राजनीतिक एजेण्डालाई सरकारले जवरजस्त अपराधिकरण गर्न मूर्खता गरेको बताए ।क्रान्तिकारी पत्रकार संगठन नेपालको अगुवाईमा टेकु पुगेका पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता प्रकाण्डले यस्ताे बताएका हुन् ।

“हाम्रो राजनीतिक असहमतिलाई राज्यले अपराधिकरण गर्ने मूर्खता गरेको छ । देशभरबाट नेता–कार्यकर्तालाई गिरफ्तार गरेर झुट्टा मुद्दा लगाइएको छ । धरपडक जारी रहेको छ, राजनीतिक विषयलाई राज्यले अपराधिकरण गर्न खोज्यो अब राज्यले ठूलो मूल्य चुकाउनु पर्ने हुन सक्छ ।” केही विषय नपाएर आफूमाथि जबरजस्ती चन्दा असुलीको झुट्टो मुद्दा लगाइएको बताए ।

“धेरै कुरा त थाहा छैन तर भेट्न आउने मित्रहरुले सुनाएअनुसार चिनजान समेत नभएको व्यक्तिसँग जवरजस्त पैसा असुली गरेको, व्यक्तिगत रुपमा केही आरोप लगाइएका सुनियो । अरु विषय केही नपाएपछि पार्टी र मेरो व्यक्तिगत बदमान गर्न लगाइएका झुटो आरोप मात्रै हुन् । यसमा कुनै सत्यता छैन” प्रकाण्डले भेटमा भने । उनले राजनीतिक विषयलाई अपरधिकरण गरेर कुनै पनि सत्ता नटिकेको उदाहरण दिँदै पार्टीका राजनीतिक एजेण्डालाई अपराधिकरण गर्न अनेक तानावाना बुनेपनि सरकार आफै नांगिने बताए ।

हिरासत बसाई राजनीतिक जीवनको पहिलो भएको बताउँदै प्रकाण्डले आफू छिटै छुट्ने विश्वास व्यक्त गर्दै भने, “हामीले आजीवन जेलमा बस्नु पर्ने कुनै काम गरेका छैनौँ, सरकरले धेरै राखे केही हप्ता र केही महिनासम्म राख्न सक्छ ।” उनले क्रान्तिकारी जनता, पार्टीका कार्यकर्ता, समर्थक र शुभचिन्तकलाई निरास नहुन र पार्टीका कार्यक्रममा सहभागी हुन निर्देशन समेत दिए ।

प्रवक्ता प्रकाण्डले आफूसहितका नेता–कार्यकर्तालाई गिरफ्तार गर्दैमा क्रान्तिकारी आन्दोलन नरोकिने बरु झन् शसक्त भएर जाने दाबी समेत गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार