विराटनगर । मोरङको विराटनगर महानगरपालिका भित्र बम विष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्षभित्र प्रवेश गर्ने प्यासेजमा बम विष्फोट भएको छ । विष्फोट भएको बम कुकर बम भएको प्रहरीले जनाएको छ । विस्फोटले सोफा र सिसामा क्षति पुगेको छ ।

विस्फोटबाट एक जना घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । बम विस्फोटका कारण अहिले स्थानीयबासी, सेवाग्राही र कर्मचारीहरु त्रसित छन् । भवनलाई प्रहरीले घेरामा राखेको छ । बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।







