
अाेली सरकारकाे हिरासतमा रहेका विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड) रिहाको माग गर्दै अदालतमा बन्दी प्रत्यक्षिकरण रिट परेको छ।
नरेन्द्रबहादुर सिंह विकले आइतवार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर भएको छ।
सरकारले चन्दा लिएको आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई पक्राउ पाँच दिनको म्याद थप गरी अनुसन्धान शुरु गरेको थियो। आइतवार थप दुई दिन थुनामा राख्न अदालतले म्याद दिएको छ।
२०६८ सालमा झलनाथ खनाल प्रधानमन्त्री रहँदा पर्यटन तथा नागरिक उड्ययन मन्त्रीसमेत रहेका विकलाई काठमाडौंबाट समातिएको हो।
अाेली सरकारले बिनाकारण प्रकाण्डलार्इ गिरफ्तार गरेकाे विराेधमा नागरिक समाज, पत्रकार र मानवअधिकारकर्मीलगायत सबैले विराेध गरेका छन् ।
चुनावअघिदेखि नै अर्ध भूमिगत रहँदै आएको भनिएकाे यो पार्टीले देशैभरि अाफ्नाे जनधार निर्माण गर्दै गएपछि अाेली सरकारले दमनकाे बाटाे समाएकाे साे पार्टीले गंभीर अाराेप लगाएकाे छ ।







