अस्पतालमा उपचारका क्रममा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा डाक्टरलाई जेल हाल्ने पछिल्लो कानुनी व्यवस्थाप्रति चिकित्सकहरुले आपत्ति जनाएका छन् । मुलुकी अपराध (संहिता) ऐनमा भदौ १ गते देखि लागु हुने यस्तो कानुनमा चिकित्सकको लापरबाही भएको हो होइन भनि छानबिन गर्ने समिति हुन् आवश्यक रहेको भन्दै भिडले लापरबाही भयो भन्दैमा चिकित्सकलाइ जेल हाल्न नमिल्ने चिकित्सकहरुको जिकिर छ ।
पुरानो मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको मुलुकी अपराध संहितामा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । तर अस्पतालहरुमा बिरामीको मृत्यु हुँदा चिकित्सकको लापरबाही भयो भन्दै बिरामी पक्षले आरोप लगाउने गरेकोले लापरबाही हो होइन भनि छुट्याउने जानकारको टोलीले छानबिन गरी सत्यतथ्य बाहिर ल्याएर दोषी ठहरिए अहिलेको ऐन ल्याएको कानुनी ब्यबस्था मान्य हुने बरिष्ठ चिकित्सक डा शुधाम्सु केसी बताउनु हुन्छ ।
कुनै पनि चिकित्सकले आफ्नो बिरामी मार्न नचाहने भन्दै कतिपय अवस्थामा चिकित्सकको दक्षताले नभ्याएर बिरामीको ज्यान जान सक्ने र उपचारको क्रममा मानव शरीरमा आउने बिभिन्न कम्प्लिकेसनले मृत्यु हुन् सक्ने भन्दै हिडेर सद्दे अस्पताल आएको मानिसको पनि ज्यान गएको भन्दै आउने समाचारहरु प्रति चिकित्सकहरुले आपत्ति जनाउदै आएका छन् । साथै सरकारले यस्ता कानुन ब्यबस्था ल्याउनु अगाडि हाल सरकारी अस्पतालमा मेडिकल अफिसरहरुले ३ दिन सम्म लगातार डियुटी गर्नु परेकोले कठिन अवस्थातर्फ पनि ध्यान दिन आवश्यक रहेको डा शुधाम्सु केसी बताउनु हुन्छ ।
उपचार र मृत्यु दुवै हुने स्थान अस्पताल नै भएकोले अस्पताल आउने सबै बिरामीलाइ ठीक बनाएर पठाउने प्रत्याभूति गर्न सकिदैन । अस्पतालमा हुने हरेक मृत्यु लापरबाही नहुने भन्दै कानुनी ब्यबस्था लागु हुनु अगाडि लापरबाही हो होइन भनी छुट्याउने बिज्ञको टोली हुन् आवश्यक रहेको बिशेषज्ञको सुझाब छ । साथै चिकित्सक सम्बन्धि बिभिन्न संघ संस्थाहरुले सरकारले ल्याएको नयाँ मुलुकी ऐनंलाइ परिमार्जनको माग गर्ने बताएका छन् ।
रिया भण्डारी







