नुवाकोट / नुवाकोटको विदुर नगरपालिका वडा नं ५ को गंगटेमा झुन्डिएर एक युवतीले आत्महत्या गरेकी छिन ।
आत्महत्या गर्नेमा माझीटारकी २१ वर्षीय विना दमाई रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
अहिले शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल त्रिशुली लगिएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भइरहेको नुवाकोट प्रहरीले जनाएको छ । satyasamachar







