ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई बिनाकारण गिरफ्तार गरेको भन्दै नेकपाले साउन २९ गते नेपालबन्दकाे पूर्वसध्न्यामा देशैभर भण्डाफोर तथा विराेधसभा कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त पार्टीले घोषणा गरेको केन्द्रीय कार्यक्रम अनुसार विभिन्न जिल्लाले भण्डाफोर सभा कार्यक्रम गरेका छन् । साे पार्टीले अाइतबार देशभर यस्ताे विराेधसभा सम्पन्न गरेकाे हाे । रूकुम, दाङ, राेल्पालगायत देशैभरि नेकपाले विराेधसभा सम्पन्न गरेकाे छ ।

यसैक्रममा नेकपा पश्चिम रुकुमले रूकुममा सयाैं जनताकाे सहभागितामा विराेध र्यालीसहित विराेधसभा गरेकाे छ।

प्रकाण्डलगायत सयौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेर विभिन्न किसिमका लान्छाना लगाउने कालोपट्टी बाध्ने जस्ता गैरन्यायिक हर्कत विरुद्ध रुकुममा विरोध तथा भन्डाफोर कार्यक्रम सम्पन्न गरेको हाे ।

रूकुममा भएकाे विराेधसभालाई सम्बोधन गर्दै रुकुम जिल्ला सेक्रेटरी चन्द्रले नेकपाका नेताकार्यकर्तालाई दमन गर्नेहरु कायर भएको बताएउदै राज्यको यस्तो रबैयाले क्रान्तिको आगोमा कायरहरु नै खरानी हुने सेक्रेटरी चन्द्रले चेतावनी दिएका छन् ।

यसैगरी दाङमा नेकपाले भण्डाफोर कार्यक्रम सम्पन्न गरेकोे नेकपा दाङले जनाएको छ ।आइतबार दाङको नारायणपुरको खैरामा उक्त कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्दै वक्ताहरुले गैर न्यायीक गिरफ्तारीको भण्डाफोर गर्दै तत्काल रिहाइ गर्न माग गरेका छन् । शान्तिपूर्ण कार्यक्रम गर्न पाउने संविधानमा उल्लेखित अधिकारलाई लत्याउदै आफैले बनाएको कानुनको धज्जी उडाएर राज्यले आफूहरुमाथि गरिरहेको दमनको बदला लिएर छाड्ने बताएका छन् ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य किसनले बोलेका थिए भने कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सदस्य अनिल केसीले गरेका थिए ।

यसैगरी नेकपा पर्साले आफ्नो पार्टीका नेता प्रकाण्ड, पिबिएम, केन्द्रीय सदस्य तथा देशभरी गिरफ्तारीका विरुद केपी प्रचण्ड सरकारको फासिवादी शासनको भण्डाफोर गर्दै बहुदरमाई नगरपालिका ४ डोकैइला बहुवरी बजारमा सभा समपन गरेको छ ।

नेकपा निकट अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष राधेश्याम साहले गिरफ्तारीमा परेका प्रकाण्डलगायत नेताकार्यकर्ताहरुलाई सस्म्मान रिहाइको माग गरेका छन् ।

दाङमा सम्पन्न काेणसभा ।

पर्सामा सम्पन्न काेणसभा ।

रूकुममा अायाेजित काेणसभा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार