दुई वर्षअघि भदौमा एसएसपीसहितको ज्यान लिने टिकापुर घटनामा अदालतले मुख्य दोषी ठह¥याइएका रेशम चौधरीलाई जेलमुक्त गरेर सांसदको सपथ खुवाउने तयारी भएको छ । प्रधानमन्त्रीलाई भेट्न पुगेको राजपा अध्यक्षमण्डलको टोली र प्रधानमन्त्री केपीशर्मा ओलीबीच चौधरीलाई सपथ खुवाउने विषयमा समझदारी भएको हो ।
यससँगै राजपा नेता कार्यकर्तामाथि राजनीतिक आधारमा लागेका मुद्दा पनि फिर्ता लिने समझदारी भएको छ । ‘सरकारले त पहिले नैं सांसदको सपथ खुवाउन वातावरण बनाउने भनेर हाम्रा सांसद रेशम चौधरीको अनसन तोडाएको थियो, अहिलेसम्म आश्वासन पूरा नगरेका कारण हामीले प्रधानमन्त्रीको ध्यानाकर्षणगरेका हौं,’ राजपा अध्यक्ष मण्डलनका नेता महेन्द्रराय यादवले भने, ‘प्रधानमन्त्रीले कानुनी परामर्शपछि छिट्टै निर्णय लिने बताउनुभएको छ ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले चौंधरीबारे निर्णयका लागि चाडै कानुनविदहरुसँग परामर्शको तयारी गरेको पनि भेटका क्रममा जानकारी गराएको बताए ।
साउनको पहिलो हप्ता राजपाले प्रधानमन्त्रीलाई आफ्ना मागसहितको ज्ञापनपत्र दिएको थियो । त्यही विषयमा प्रगति विवरण खोज्न तीन दिन देखि कुरेर समय पाएको राजपाले भेट सरकारात्मक भएको बताएको छ ।
‘समग्रमा भेटवार्ता सरकारात्मक भएको छ, मुद्दा फिर्ताका सम्बन्धमा सरकारले निर्णय गर्न अध्ययन गरिरहेको बताउनुभएको छ,’ यादवले भने, ‘संविधान संशोधनका विषयमा पनि आन्तरिक छलफलमा रहेकाले चाडै निर्णय खुशीको खबरप्राप्त हुने बताउनुभएको छ ।’
दुई वर्ष अघिको कहालीलाग्दो कैलागिघटनाका मुख्य दोषी भनिएका रेशम चौधरीले गत वर्षको चुनावमा मञ्जुरीनामाबाट उम्मेदवारी दर्ता गराएर राजपाका तर्फबाट कैलाली–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।
निर्वाचित भइसकेपछि पनि सार्वजनिक नभएका चौधरी फागुनमा सांसदको सपथको सूचना प्रकाशित भएपछि कैलाली जिल्ला अदालतमा पुगेर आत्मसमर्पण गरेका थिए । आत्मसमर्पण पछि अदालतले चौधरीलाई थुनामा राख्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि कारागारभित्रै अनसन सुरु गरेका चौधरीको स्वास्थ्यअवस्था बिग्रिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उपचाका क्रममा समेत चौधरीले अनसन नतोडेपछि सरसकारले मुद्दा फिर्ता लिएर सपथ गराउने भन्दै गृहमन्त्री रामबहादुर थापाले चौधरीलाई जुस पिलाएर अनसन तोडाएका थिए ।







