आमाले यस्तो भनेपछि अपहरणकारीले अपहरणको योजना बनाएको प्रहरीको नयाँ खुलासाआमाले यस्तो भनेपछि अपहरणकारीले अपहरणको योजना बनाएको प्रहरीको नयाँ खुलासाकाठमाडौं: काँडाघारीबाट आइतबार साँझ अपहरणमापरी हत्या भएका ११ वर्षीय बालक निशान खड्काको अपहरण पैसाकै लागि भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।आमा चमेली खड्काले जग्गा किन्छु खोजिदिनु भनेकी रहेछिन, सोही आधारमा चमेलीसँग पैसा भएको अनुमान गरेर बालकको अपहरण भएको देखियो।’
महानगरीय अपराध महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) रुगम कुँवरले भने, ‘अपहरणकारी अजय तामाङलाई निशानकी आमा चमेली खड्काले जग्गा किन्छु खोजिदिनु भनेकी रहेछिन, सोही आधारमा चमेलीसँग पैसा भएको अनुमान गरेर बालकको अपहरण भएको देखियो।’ प्रहरीका अनुसार अपहरणकारी र निशानकी आमा चमेली खड्काको चिनजान पहिलादेखि नै भए पनि त्यस्तो कुनै रिसिबी नदेखिएकाले पैसाकै कारण बालकको अपहरणपछि हत्या भएको खुलेको हो।निशानको आइतबार राति अपहरणपछि हत्या भएको थियो। उनको शव प्रहरीले सोमबार भक्तपुरको मध्यपुर थिमी-९ स्थित नगदेशमा बन्दै गरेको घरको खाल्डोमा गाडेको अवस्थामा भेटेको थियो। बालकको शव भेटिएको एक घन्टाभित्रै अपहरणकारी नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङसमेत प्रहरीको इन्काउन्टरमा मारिएका थिए।
चमेलिकै होटलमा रक्सी खाएका थिए अजय तामाङले : प्रहरीको इन्काउन्टरमा मारिका सिन्धुपाल्चोकका २३ वर्षीय अजय तामाङले आतबार साँझ ६ बजेतिर चमेलीकै होटमा वियर खाएको प्रहरीको भनाई छ।प्रहरीका अनुसार उनले त्यहाँ दुई बोतल वियर खाएर गएको थिए। बालकलाई सुरूमा गोपाल तामाङले अपहरण गरेर कोठामा लिइसकेको र अजयपछि गएको अनुसन्धानबाट देखिएको अपराध महाशाखाका एक प्रहरी अधिकृतले बताए। उनीहरूले निशानको कोठा भित्रै घाटी थिचेर हत्या गरिएको अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ।onlinechautari







