सन् २००९ मा स्पेनको राष्ट्रिय टिममा डेब्यु गरेका सेन्टर–ब्याक पिकेले १ सय २ अन्तर्राष्ट्रिय म्याच खेलेका छन्। यस क्रममा उनले स्पेनका तर्फबाट ५ गोल पनि गरेका छन्। विश्वकप र युरोकप फुटबलको उपाधिसमेत जितेका पिके सन् २०१० मा स्पेन विश्वविजेता बन्दा टिमको सदस्य थिए।
उनी क्याटालोनियाको स्वतन्त्रताका पक्षमा प्रस्ट विचार राख्ने भएका कारणले पनि उनीसँग धेरै रुष्ट रहेको बताइन्छ। क्याटालोनियाको स्वतन्त्रताको पक्षमा उभिएको भन्दै पछिल्लो समय उनी राष्ट्रिय टिमबाट मैदानमा छिर्दा स्पेनिस समर्थकले सिठ्ठी बजाउने तथा मजाक उडाउने गरेका थिए।
पिकेको ह्यान्डबलमा रूसलाई पेनाल्टी
रसिया विश्वकपमा स्पेनिस डिफेन्डर पिकेको प्रदर्शन खासै जम्न सकेन। उनको डिफेन्सलाई थुप्रै स्ट्राइकरले तोडेका थिए। रूसविरुद्धको प्रि क्वार्टरफाइनलमा उनकै ह्यान्डबलमा पेनाल्टी दिइएको थियो। उक्त पेनाल्टीलाई रसियाले गोलमा परिणत गरेको थियो। उक्त खेल निर्धारित समयसम्म बराबरीमा टुंगिएपछि स्पेन टाइब्रेकरमा ३–४ पराजित हुँदै विश्वकपबाट बाहिरिएको थियो।







