काठामाडौं– पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आफ्नो मन्त्रालयबाट भएका कामबारे संघीय संसदलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा समय मागेर बोल्दै उनले मन्त्रालय मातहतका कार्य प्रगतिबारे सदनलाई जानकारी गराएका हुन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण, निजगढ, भैहरवा, गौतमबुद्ध तथा पोखरास्थित विमानस्थल निर्माणको प्रगति, सम्पदा पुननिर्माण लगायतबारे सदनलाई जानकारी गराए ।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण गरि २४ सै घण्टा सञ्चालनमा आउने प्रबन्ध मिलाउन लागेको जानकारी गराए । मन्त्री अधिकारीले बर्षादपछि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने र सो सम्पन्न भएलगत्तै सन् २०१९ को फेबु्रअरीको दोश्रो हप्तादेखि दैनिक ८ घण्टा उडान अवतरण वन्द गरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग निर्माण सुरु गरिने बताए । २०१९ जुन सम्म धावनमार्ग निर्माणको काम सम्पन्न गर्ने योजना मन्त्रालयले अघि सारेको पनि उनले जानकारी दिए ।

नेपाल वायुसेवा निगमको उडान र सेवाको प्रभावकारिता बढ्दै गएको पनि उनले दाबी गरे । वाईडवडी जहाज खरिद प्रक्रियाका बारेमा सदन र सदनबाहिर पनि विभिन्न प्रश्न उठेको भन्दै उनले त्यसबारे मन्त्रालयले शुक्ष्म ढंगले अनुसन्धान गरिरहेको बताए । उनले भुकम्पबाट क्षतिग्रस्त सम्पदा मध्ये पाटनको कृष्णमन्दिर लगायत १ सय ८५ वटा सम्पदाको पुर्ननिर्माण सम्पन्न भएको बताए ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको वातावरण प्रभाव मुल्याँकन स्वीकृत भइसकेको र दुई हप्ताभित्र मोडालिटी पनि तय हुने बताए । उनले मुआब्जा लगायत पूर्व तयारीका काम एक महिनाभित्र सुरु हुने जानकारी दिए । पोखरा विमानस्थलका लागि भने आवश्यक भएमात्रै बाँकी जग्गा अधिग्रहण गरिने जानकारी गराए । मन्त्री अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि संसदबाट पास भइसकेपछि विदेशी र स्वदेशीबीच विमा रकममा विभेद नहुने स्पष्ट पारे ।

सांसद दिलेन्द्रप्रसाद बडूले वायु उडानहरुले वीमा वापतको रकम स्वदेशीलाई ५० हजार मात्रै दिने र अन्य विदेशीलाई १ लाख ५० हजार हुने व्यवस्था बारे मन्त्रीसंग जिज्ञासा राखेका थिए ।
उनले हायात रिजेन्सीको शेयर ट्रान्सफर नभएको र शेयर घटेको बारेमा मन्त्रालयले खोजिगरिरहेको जानकारी गराए ।

एअर बस खरिदमा भएको भ्रष्टाचारबारे भने उनले सबै प्रक्रिया बुझ्न सकिने भन्दै गोलमोटल जवाफ दिए । सांसद रामबहादुर विष्टले वाईड बडी जहाज खरिदमा १० प्रतिशत कमिशनको कुरा चलेको भन्दै यसबारे स्पष्ट पार्न पनि आग्रह गरे ।

रातोपाटी संवाददाता

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=143s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार