काठमाडौं –वैदेशिक रोजगार प्रवर्द्धन बोर्डकी सदस्य एवं मेनपावर व्यवसायी सीता देवकाटाले वैदेशिक रोजगारीलाई व्यवस्थित गरेर लैजानुपर्ने आवाज उठिरहेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको कार्यशैलीको आलोचना गरेकी छिन् ।
एउटा टेलिभिजनसँगको कुराकानीका क्रममा उनले वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले वैदेशिक रोजगारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर कार्यदल गठन गरेको बताएकी छिन् । उनको कार्यदलले रिपोर्ट ल्याएपछि बोर्डको बैठक बस्न नसकेको बताएकी छिन् ।
‘त्यो रिपोर्टमा बाहिर सुनिए अनुसार मेनपावर व्यवसायीले ६ करोड धरौटी बुझाउनुपर्छ भन्ने रिपोर्ट ल्यायो’, उनले भनेकी छिन्, ‘श्रममन्त्री गोकर्ण विष्टले रिपोर्ट बोर्डको बैठकमा ल्याएर छलफल गराउनु भएको छैन ।’
उनले सरोकारवाला र बोर्डको सदस्यलाई बाईपास गरेर त्यो रिपोर्ट सिधैं मन्त्रिपरिषदमा पठाईदिने हो भने समस्या उत्पन्न हुने बताइन् । देवकोटा भनेकी छिन्, ‘मेनपावरहरू फाइदाका लागि खोलिएका हुन् । देशको सेवा गर्छु भन्ने मन्त्री र वडाध्यक्षले तलब खाएको छ भने नितान्त राज्यलाई कर तिरेर नाफामुलक व्यापारको लागि दर्ता भएको हो मेवपावरले पैसा लिन नपाउने ?’ कसैले विना नाफा घरबाट पैसा ल्याएर व्यापार गर्छ भने त्यो अकल्पनीय हुने सदस्य देवकोटाले बताइन् ।
‘अहिले सरकारले ल्याएको ६ करोड धरौटीले वैदेशिक रोजगारमा जाने कामदारबाट नै मेनपावरले उठाउनुपर्छ’, उनले भनिन्, ‘तिनीहरू नै मारमा पर्छन् । यसमा मन्त्री विष्टले किन सोँचेनन् ।’ उनले मेनपावर मर्ज गर्दैमा वैदेशिक रोजगारीका समस्या समाधान नहुने बताइन् ।
मेनवापर कम्पनी मर्ज हुँदा कामदारले मेनपावर छानिछानी मन लागेको मेनपावरबाट वैदेशिक रोजगारीमा जान नपाउँने उनको तर्क छ । ‘यस्तो विषयमा मन्त्री विष्टले गहन अध्ययन नगरी हचुवाको भरमा बोल्दिएका हुन्’, उनले भनेकी छिन्, ‘हिजोको सरकारी कार्यालयको बिजुलीको लाईन काटेको जस्तो होइन । mediadabali बाट
https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=143s







