सर्वाेच्चकाे साथ पाएपछिले प्रकाण्डका छाेरा प्रधानमन्त्रि अाेलीलार्इ दिए यस्ताे च्यालेज बालुवाटारमा चल्यो खैलाबैला ! सर्वोच्च अदालतले नेकपा विप्लव नेतृत्व समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड० लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । प्रवक्ता प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चलेआदेश दिएको हो ।

चन्दा उठाएको आरोपमा पक्राउ परेका उनलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै छोरा नरेन्द्रहादुर सिंह विकले बन्दी प्रत्यक्षीकरण रिट दायर गरेपछि सर्वोच्चले यस्तो आदेश दिएको हो।

आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।

चन्दा एेन २०३० अनुसार अनुसन्धान गर्न आइतबार मात्र उनलाई जिल्ला अदालत, काठमाडौंले थप ३ दिन थुनामा राख्न आदेश दिएको थियो । प्रकाण्ड हाल परिसर काठमाडौँको प्रहरी हिरासतमा छन् ।सर्वाेच्चकाे साथ पाएपछिले प्रकाण्डका छाेरा प्रधानमन्त्रि अाेलीलार्इ दिए यस्ताे च्यालेज बालुवाटारमा चल्यो खैलाबैला !nepalpana

सर्वोच्च अदालतले विप्लव नेतृत्वकाे  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक‘प्रकाण्ड’ लाई पक्राउ गर्नुपर्ने कारणसहित ४८ घण्टाभित्र पेश गर्न सरकारका नाममा आदेश जारी गरेको छ।

प्रक्राउको विरुद्ध परेको बन्दीप्रत्यक्षीकरण रिट उपर मंगलबार कामू प्रधान न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सो आदेशमा दिएको हो।

बिनाकारण पक्राउ परेका नेता ‘प्रकाण्ड’लाई गैरकानुनी ढंगले थुनामा राखेको भन्दै रिहा गर्न सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको थियो। आइतबार प्रकाण्ड लगायतका नेताहरुको हकमा नरेन्द्रबहादुर सिंह विश्वकर्माले सर्वोच्चमा निवेदन दर्ता गराएका हुन्।

राजनीतिक रुपमा पूर्वाग्रही भई गृहमन्त्री रामबहादुर थापाको आदेशमा आफूहरुलाई बिना अपराध पक्राउ गरेकाले साधारण तारेखमा रिहा गर्ने अन्तरिम आदेश जारी गर्न रिटमा माग गरिएको छ।

गत बुधबार प्रहरीले  प्रवक्ता प्रकाण्डसहित हरिचन्द्र आचार्य, मनबहादुर श्रेष्ठ लगायतका नेताहरुलाई पक्राउ गरेको थियो। व्यापारीसँग ७ करोड रुपैयाँ चन्दा असुलेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

अाेली सरकारले प्रकाण्डसहित तीनजनालार्इ विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेकाे निराधार अाराेप महानगरीय प्रहरी परिसरले लगाएकाे थियो।

पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले पहिले ५ दिन र पुनः तीन दिनको म्याद प्रहरीलाई उपलब्ध गराएको थियो।

प्रकाण्डसहित नेताहरूलार्इ  प्रहरीले काठमाडाैंकाे चाल्नाखेलबाट पक्राउ गरेको थियो। सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।

साथै अाेली सरकारले नेकपाका महासचिव विप्लवलाई पनि प्रहरीले वारेन्ट जारी गरेको छ।

https://www.youtube.com/watch?v=nMH9EIpRAC0&t=143s

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार