धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको हाता भित्र सञ्चालनमा रहेका क्यान्टिन तथा होस्टेलका मेसहरुमा वासी तथा सडेगलेका खानेकुरा विक्री वितरण हुने गरेको पाइएको छ ।
वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार गरेको अनुगमनमा प्रतिष्ठान भित्र अवस्थित निर्वाणा कन्ट्री हेल्थ एण्ड गल्फ रिसोर्टमा मासु, दाल, अचार पनिरलगायतका खाद्य वस्तु लामो सयमदेखि फ्रिजमा राखेर बिक्री गर्ने गरेको पाइएको छ । साथै किचन फोहोर हुनुका साथै दुर्घन्धित खानेकुरा समेत विक्री गर्ने गरेको पाइएको छ । त्यस्तै महिला छात्रावास भित्र सञ्चालनमा रहेको रेड क्यान्टिन मापदण्ड पूरा नगरेको भन्दै तत्काल बन्द गर्न निर्देशन दिएको छ ।
टोलीले प्रतिष्ठान भित्र सञ्चालनमा रहेको टेक्सन भोजनालय , पिजी क्यान्टिनमा समेत मूल्य सूची नराखेको र सरसफाईमा ध्यान नदिएको भन्दै सचेत गराएको छ ।
प्रतिष्ठानको मेस क्यान्टिनसंगै प्रतिष्ठानले सञ्चालन गरेका फार्मेसी समेत औषधि व्यवस्था विभागको मादण्डमा अनुरुप नरहेको भन्दै मापदण्ड पूरा गरी सञ्चालन गर्न निर्देशन दिएको छ ।
https://www.facebook.com/579932042203255/videos/218574278812001/?t=0







