चन्दा असुली गरेको आरोपमा पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।
गएको साउन २२ गते पक्राउ परेका प्रकाण्डको रिहाइको माग गर्दै नरेन्द्रबहादुर सिंह विश्वकर्माले दिएको निवेदन उपर सर्वोच्चका कामु न्यायाधीश ओमप्रकाश मिश्रको इजलासले प्रकाण्डलाई किन थुनामा राखिएको होर ? बन्दीसहित लिखित जवाफ दिन सरकारका नाममा आदेश दिएको हो।
उनीसहित अन्य दुई जना माथि विभिन्न उद्योगपति, ब्यवसायी समेतबाट अवैध रुपमा करिब ७ करोड बराबरको रकम चन्दा असुली गरेको आरोपमा थुनामा राखिएको छ।
दक्षिणकालीको चाल्नाखेलबाट पक्राउ परेका प्रकाण्डसहित तिनै जनालाई गएको बुधबार जिल्ला अदालत काठमाडौंले थुनामै राखेर थप अनुसन्धानको काम अघि बढाउन प्रहरीलाई अनुमति दिइएको थियो।setokhabra
https://www.youtube.com/watch?v=icEQ70ZUn6s&t=90s







