अाेली सरकारले गैर कानुनी तरिकाबाट नेकपा प्रवक्ता खड्क बहादुर विश्वकर्मासहित हिरासतमा रहेका सबै नेता कार्यकर्ताकाे गिरफ्तारीप्रति गंभीर ध्यानाकर्षण भएकाे भन्दै यूराेपस्थित नेपाली जनप्रगतिशली माेर्चा, बेल्जियमले नेपाली राजदुतावासमा ध्यानाकर्षणपत्र बुझाएकाे छ ।
बेल्जियमका लागि नेपाली राजदुत लाेक बहादुर थापालार्इ माेर्चाका प्रतिनिधिहरूले ध्यानाकर्षणपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउने क्रममा नेपाली जनप्रगतिशील माेर्चा यूराेपका अध्यक्ष विष्णु भूजेलसहित पदाधिकारिहरूकाे उपस्थिति रहेकाे थियाे ।
यसैबीच प्रवक्ता प्रकाण्डसहित नेताहरूकाे गिरफ्तारीकाे विराेध रिहाइकाे पक्षमा नेपाली जनप्रगतिशील माेर्चा यूराेपले यसअघि प्रेस विज्ञेप्ती जारी गरिसकेकाे छ ।
जनप्रगतिशील माेर्चा यूराेपसहित यूराेपका दर्जन माेर्चाले प्रकाण्डकाे गिरफ्तारीकाे विराेधमा निकाले यस्ताे विज्ञेप्ती

यूराेपमा रहेका विप्लव नेकपा निकट दर्जनाै माेर्चाहरूले अाेली सरकारद्धारा प्रवक्ता प्रकाण्डलागायत गिरफ्तार नेता कार्यकर्ताकाे तीव्र रूपमा विराेध र भण्डाफाेर गर्दै बिनाशर्त रिहाइकाे माग समेत गरेका छन् ।

नेपाल जनप्रतगतिशील माेर्चा, यूराेप र त्यससँग जाेडिएका यूराेपभरि रहेका माेर्चाहरूले संयुक्त रूपमा विज्ञेप्ती जारी गरेर नेकपका प्रवक्तासहित गिरफ्तार सबै नेता कार्यकर्ताकाे रिहाइकाे माग गरेका छन् । साथै उनीहरूले धरपकड राेक्न सरकारलार्इ अाग्रह समेत गरेका छन् ।

जनप्रगतिशील माेर्चा यूराेपका अध्यक्ष विष्णु भुजेलसहित ११ देशमा रहेका यूराेपका जनप्रगतिशील माेर्चाका अध्यक्षहरूले संयुक्त विज्ञेप्ती जारी गरेर अाेली सरकारकाे दमनकाे विराेध गरेका छन् ।

उनीहरूद्धारा जारी विज्ञेप्तीकाे पूरा पाठ –

नेपाल सरकारद्वारा योजनाबद्ध रुपले गरिएको नेपाल कम्युनिष्ट पार्टी का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता क प्रकाण्ड, पोलिट व्युरो सदस्य पदम राई, ओमप्रकाश पुन, मोहन कार्की, कृष्ण धमला, केन्द्रीय सदस्यलगायत सयौ नेता कार्यकर्ताहरुको गिरफ्तारीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । फरक राजनैतिक तथा वैचारिक आस्था प्रस्तुत गर्न पाउने नेपालको वर्तमान संविधानको समेत धज्जी उडाउंदै नेपाल सरकारले गरेको यो दमन तथा धरपकडको कडा शब्दमा घोर भ्रत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरुलाई विनाशर्त तत्काल रिहाई गर्न जोडदार माग गर्दछौं ।

तथाकथित कम्युन्ष्टि नामधारी केपी ओली नेतृत्वको सरकारले देशको विकास र नेपाली जनतालाई राहत दिएर समाजवादी दिशामा अघि बढ्नुको साटो फरक राजनैतिक तथा वैचारिक आस्थाका आधारमा गरिने गतिविधीमाथि ठाडो दमन गरेर सामाजिक फासिवादको अभ्यास गरिरहेको छ । एक एक गर्दै लोकतान्त्रिक अधिकार खोस्दै गएको छ । भेला , सम्मेलन, सभा तथा शान्तिपुर्ण प्रदर्शनीमाथि पनि प्रतिवन्ध लगाउने हर्कत गरेको छ । यस्तो हर्कत तत्काल रोक्न हामी नेपाल सरकारलाई आहन गर्दछौं ।

दलाल पुंजीवाद तथा नोकरशाही संसदीय व्यवस्था र तिनका सरदारहरुको अन्त्य नभएसम्म नेपाली जनता विभेद, दलाली भ्रष्ट्राचार, महंगी, कालोवजारी, माफीयातन्त्र,गुण्डागर्दी जस्ता समस्यावाट पिल्सिरहनु पर्ने निश्चित छ । नेपाली समाजमा विद्यमान समग्र विकृतिहरुको विरुद्ध ,राष्ट्रिय स्वाधिनता र वैज्ञानिक समाजवादी सत्ताको लागि संघर्षरत नेकपाको अभियान र नेपाली जनताको पक्षमा हुने सबैखाले आन्दोलनमा हाम्रो पूर्ण ऐक्यवद्धता रहने प्रतिवद्धता जाहेर गर्दछौं ।

साथै यस न्यायपूर्ण जनताको आन्दोलनको अविचलित रुपमा नेतृत्व गर्न हामी नेपाल कम्युनिष्ट पार्टी लाई हार्दिक अपिल गर्दछौं ।

विष्णु भुजेल, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, यूरोप

मेख तमु, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियम

शेर बहादुर तुम्बापो, अध्यक्ष, नेपाली जनप्रगतिशील मोर्चा, जर्मनी

इन्द्र न्यौपाने, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा ,पोर्चुगल

इश्वर शर्मा, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा,स्पेन

सुवर्णबाबु सापकोटा, महासचिव, नेपाली जनप्रगतिशील मोर्चा युरोप तथा संयोजक नेपाली जनप्रगतिशील मोर्चा,पोल्याण्ड

टिएन रिजाल, संयोजक, नेपाली जनप्रगतिशील मोर्चा, बेलायत

वदन योङ्गहाङ्ग, अध्यक्ष, नेपाली जनजाती सरोकार मन्च, बेल्जियम

९ अगस्ट २०१८

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार