काठमाडढौँ । तानसेन जीप दुर्घटनाका घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । पाल्पा प्रहरीका अनुसार दुई जनाको ज्यान जाने गरी आइतबार पाल्पामा भएको जीप दुर्घटनाका घाइतेलाई थप उपचारको लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार दुर्घटनामा बगनासकाली गाउँपालिका ३ की २६ वर्षीया लक्ष्मी बस्याल र उनका ५ वर्षीय छोरा नवीनको अवस्था जटिल रहेकोले थप उपचारको लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको हो ।
तानसेन नगरपालिका –४, बडिज्ञानटोलमा ग १ च ६७४८ नम्बरको पिकअप जीप ओरालोमा अनियन्त्रित भई दुर्घटना हुँदा बगनाकाली गाउँपालिका –३, का ८ महिने बालक निशान्त बस्याल र तानसेन –६, बर्तुङ्गकी कमला पाण्डेको ज्यान गएको प्रहरील्े जनाएको छ । प्रहरीका अनुसार अर्का घाइते नवलपरासी सुनवल नगरपालिका –२, प्रगतिटोलका ५१ वर्षीय रामजी चौधरीको युनाइटेड मिसन अस्पताल तानसेनमै उपचार भइरहेको छ ।satyasamachar











