विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले आज देशभर मसाल जुलुश निकालेकाे छ । पार्टीका प्रवत्ता प्रकाण्ड सहितका नेता कार्यकर्ता गिरफ्तार गरेको बिरोधमा मसाल जुलुश निकालेकाे हो ।

साउन २९ गते नेपालबन्दको आह्वानमा पूर्व घोषित कार्यक्रमअनुसार आज नेकपाले मसाल जुलुश निकालेकाे हाे । काठमाडाैं उपत्यकासहित देशैभर मशालजुलुश निकालिएकाे छ ।

काठमाडाैं उपत्यकाभित्र काठमाडाैं, ललितपुर र भक्तपुरसहित उपत्यका विभिन्न स्थानमा मशाल जुलुश सम्पन्न भएकाे छ । त्यसैगरी राेल्पा र गुल्मीकाे सदरमुकामभित्रै मशाल जुलुश निकालिएकाे छ ।

गुल्मी सदरमुकामभित्र नेकपाले प्रहरी प्रशासनलार्इ चुनाैती दिदै मशाल जुलुश निकालेकाे हाे । राेल्पा सदरमुकाम नजिकै नेकपाका कार्यकर्ताहरूले मशालजुलुश निकालेका छन् ।

यसैबीच पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर वजार नजिक शक्तिशाली वम विस्फोट भएको छ । वेलुका ८ः२९ र ८ः३१ मा लगातार ठूलो आवाजमा दुई वटा वम विस्फोट भएको वताइएको छ ।

सुलिचौर वजार नजिक जैरे भन्ने स्थानमा उक्त वम विस्फोट भएको सुनिल स्मृती गाउँपालिका वडा नं.३ का वडाध्यक्ष गंज क्षेत्रील जानकारी दिए । वम विस्फोट भएको स्थान नजिक एनसेल र नेपाल टेलिकमको टावर रहे पनि कहाँ लक्षित गरेर वम विस्फोट गरिएको हो भन्ने खुल्न नसकेको वताइएको छ । वम विस्फोट पछि सुलिचौरवासी त्रसित वनेको वताइएको छ ।

वम विस्फोट संगै पुनः देश युद्धमा धकेलिने हो की भन्ने स्थानीयहरुमा चिन्ता देखिएको वडाध्यक्ष क्षेत्रीले प्रतिकृया दिए । वम कसले कुन प्रयोजनका लागि विस्फोट गराएको हो भन्ने हाल सम्म एकिन जानकारी पाउन नसकिएको वताइएको छ ।

यता सदरमुकाम लिवाङ नजिक रुन्टावाङ भन्ने स्थानमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाले मसाल जुलुस प्रदर्शन गरेको छ । युद्धको झल्को दिने गरि गरिएको मसाल जुलुस संगै भोलीको नेपाल वन्द आक्रमक हुने अनुमान गरिएको छ ।

पार्टी प्रवक्ता खड्कवहादुर विश्वकर्मा लगायत गैर न्यायिक हिरासतमा राखिएका नेता कार्यकर्ताको रिहाईका लागि जिल्लाका दर्जन वढी स्थानमा मसाल जुलुस प्रदर्शन गरिएको नेकपा रोल्पाका सेक्रेटरी सन्तोष सुवेदीले जानकारी दिए । सो पार्टीले आजै एक प्रेस विज्ञप्ती मार्फत भोलिको वन्द सफल पार्न आग्रह समेत गरेको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार