यतिमात्र होइन अहिले जनताको विरोध प्रदर्शन तथा आम हड्ताल लगायतका आन्दोलनहरुलाई निषेध गर्नका लागि विधेयकहरु ल्याई विभिन्न ऐन कानुनहरु बनाउन थालिएका कुरा सार्वजनिक भएका छन् । यसबाट सरकार फासिवादतर्फ उन्मुख हुँदै गएको प्रष्ट हुन्छ ।

तसर्थ, हाम्रो पार्टी जनताका यस प्रकारका आन्दोलन, विरोध प्रदर्शन तथा आम हड्ताललाई निषेधित तथा नियन्त्रित गर्ने काम र त्यस ढंगका विधेयक एवम् कानुनहरु खारेज गर्नका लागि सरकारसित जोडदार माग गर्दछ । साथै, पार्टी सरकारका यसप्रकारका जनविरोधी गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउन र आन्दोलनमा जानका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित पनि विशेष अनुरोध गर्दछ ।
पाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)ले दुर्इ तिहाइकाे दम्भमा वर्तमान सरकार फाँसिवादतर्फ उन्मुख हुँदै गएको दाबी गरेको छ ।
पार्टी महासचिव मोहन वैद्य ‘किरण’ ले विज्ञप्ति जारी गर्दै सकरारकाे चर्काे अालाेचना गरेका छन्।वैद्यले सरकार अहिले जनताको विरोध प्रदर्शन तथा आमहड्ताल लगायतका आन्दोलनलाई निषेध गर्नका लागि विद्येयकहरु ल्याई ऐन–कानुन बनाउन थालेकोले फाँसिवादतर्फ उन्मुख भएको बताएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्ः ’यो कुरा काठमाडौं लगायत देशका विभिन्न विरोध प्रदर्शनहरुलाई निषेधित गरेको कुराबाट छर्लङ्ग हुन्छ । यतिमात्र होइन, अहिले जनताको विरोध प्रदर्शन तथा आम हड्ताल लगायतका आन्दोलनहरुलाई निषेध गर्नका लागि विद्येयकहरु ल्याई विभिन्न ऐन–कानूनहरु बनाउन थालिएका कुरा सार्वजनिक भएका यसबाट सरकार फासिवादतर्फ उन्मुख हुँदै गएको प्रष्ट हुन्छ ।’

https://www.youtube.com/watch?v=cJNEn8FCYPk

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार