काठमाडौं । पछिल्लो समय नेपालीहरु विश्वका विभिन्न देशहरु जाने गरेका छन् । विदेशमा रहँदा कहिले ब्लड मनी, त कहिले उपचार खर्चका नाममा सहयोग उठाउने चलन बढ्न थालेको छ । कतिले त यहि अभियानलाई मागि खाने भाँडो पनि बनाएका छन् ।

यस्तै एउटा अभियानका नाममा लाखौँ लाख ब्रम्हालुट गरेको पनि फेला परेको छ । वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरब पुगेका प्रेम राईलाई बँचाउन धेरै अभियानहरु चले । जसमध्ये साउदी अरबबाट जम्म ८ लाख ९२ हजार र विश्वभरबाट ९२ लाख भन्दा माथि उठ्यो । तर केही दिन अगाडि मात्रै प्रेम राई बँचाउ अभियानले पत्रकार सम्मेलन गरेर अभियानको खर्च २३,४१,५६० भएको बताएका छन् ।

जहाँ कि अहिलेसम्म त्यस्ता अन्य अभियानहरुले उठेको पैसामा कहिल्यै खर्च कटाउँदैनन् । अहिले यसै कुरामा विवाद चुलिएको छ । २३ लाख घोटालाको बारेमा प्रेम राई भन्छन्, ‘त्यसको हिसाब किताब चाहिन्छ । रवि लामिछाने सरलाई यस खर्चको सबै विल दिनु पर्छ । त्यस बाट मात्र म पनि खुसी हुन्छु र मलाई सहयोग गर्ने दाताहरु पनि खुसी हुने मैले बिश्वास लिएको छु ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार