चारै तिर विवाद भैरहदा फेरी दिए प्रधानमन्त्रि ओलीले यस्तो प्रतिक्रिया नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको दाबि ? प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान भएको बताएका छन् ।

सोमबार नेपालको संविधान सम्मेलन नामक कार्यक्रमको समापन गर्दै प्रधानमन्त्री ओलीले बहुमतबाट निर्माण गरिएको संविधान विश्वकै उत्कृष्ट भएको बताएका हुन् ।

संविधान निर्माणसँगै संविधान कार्यान्वयनमा जोड दिँदै जनताको प्रत्यक्ष जीवन शैलीसँग जोडिएका हक अधिकारलाई सुनिश्चित गर्न नेपालको संविधान सफल भएको पनि बताए ।

संविधानमा फरक मत राख्दै आएका विभिन्न राजनीतिक दलका मागलाई समेत सम्बोधन गर्दै र आवश्यकताका आधारमा संविधानलाई संशोधन गरेर सर्वोपरि संविधान बनाउने सरकारको ध्येय रहेको प्रधानमन्त्री ओलीको तर्क थियो ।

नेपाली इतिहासमा निर्माण गरिएका ७ वटा संविधान मध्येको उत्कृष्ट संविधानले जनतालाई विभिन्न हक र अधिकार दिएर सभ्य समाज निर्माण गर्न समेत सफल भएको बताए ।

संविधानले दिएका अधिकारको सुनिश्चितताका लागि आवश्यक ऐन कानून निर्माण गरेर संविधानलाई कार्यान्वयन गर्न सरकार अग्रसर रहेको प्रधानमन्त्री ओलीको दावी थियो ।

रातोपाटी संवाददाता

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार