ताइवानको राजधानी ताइपेईस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारीले समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालमा रहेको समयमा सातौँ तलाबाट आगलागी सुरु हुँदा अस्पताललाई खाली गरिएको छ ।
आगलागीबाट धुवाँको मुस्लोले १६ जना विरामीलाई हृदयघात भएको थियो । यसैगरी सात जना उपचारपछि सामान्य अवस्थामा आएकाे समाचारमा जनाएको छ । आगलागीको कारण भने खुल्न सकेकाे छैन । अस्पतालमा विद्युतीय गडबडीपछि आगो लागेको हुनसक्ने प्रारम्भिक अनुमान रहेको अग्नी नियन्त्रक हुङ लियाङ चेनले बताए ।
आगलागी स्थानीय समयानुसार सोमबार बिहान ४ः३६ बजे भएकाे हाे । राज्यद्वारा सञ्चालित सेन्ट्रल न्यूज एजेन्सीका अनुसार आगो सुरु भएको वार्डमा धूवाँ बाहिर निकाल्ने उपकरण नभएको प्रहरीले जनाएको छ ।







