बेलबारी । मोरङको बेलबारी ११ लक्ष्मीमार्गका ११ बर्षीय बालकलाई आफन्त भएको नाटक गर्दै स्कुटरसहित अपहरण गर्ने एक युवा प्रहरीको फन्दामा परेका छन ।

साँकेतिक तस्बिर

संखुवासभाको खाँदबारी घर भएका उज्जवल तामाङलाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरी ईलाका प्रहरी कार्यलयमा ल्याउन सफल भएको छ भने बालक समेत सकुशल घर फर्किएका छन । ५ दिनअघि आफु आर्मी भएको र मामाको साथी भएको भन्दै बालकको घरमा पुगेका उनले आफु लेटाङमा आयोजना भएको गेममा सहभागी हुन आएको तर गेम अर्कोदिन मात्र भएको भन्दै त्यहि खाना खाएका थिए । साँझपख चौकमा आफन्तकोमा पुगेर आउने भन्दै स्कुटर र बालक सहित हिँडेका उनी नफर्किएपछि परिवार उनको खोजीमा जुटेको थियो ।

बुवा बैदेशिक रोजगारीमा गएको र आमा सहित मावलीमा बस्दै आएका स्थानीय माउण्ट एभरेष्ट ईङिलस स्कुलमा कक्षा ५ मा अध्यायनरत बालक समिप राईलाई लिएर हिँडेका उनी रातभर पर्खिदा समेत नआएको,पटक पटक फोन गर्दा सम्पर्क नभएपछि परिवारले प्रहरीमा उजुरी गरेको थियो । भोलिपल्ट उनीसँग परिवारको सम्पर्क भएपनि उनले फोन उठाउने तर नबोल्ने गर्न थालेपछि परिवार थप शसंकित बनेको बालककी माईजु समिक्षा राईले बताईन ।

उनलाई फोनमा बरु स्कुटर लैजाउ तर बालक फिर्ता गर् नभए प्रहरीमा जान्छौँ भनेपछि उनले बालक मोरङको हसन्दहमा रहेको भन्दै उनले बस चडाएर बालक पठाएको तर उनी सम्पर्कमा नआएपछि प्रहरीले खोजी गर्ने क्रममा उनलाई झापाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनी बालकको मामाको साथी नभएको र मामा सँग लक्ष्मीमार्गमा आफन्त छ भन्दै उनीसँगै एकपटक पहिला पनि घर आएका थिए । उनका बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।purbelinews

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार