
अाजकाे नेपालबन्द अाव्हान गरेकाे नेपाल कम्युनिस्ट पार्टीकाे बन्दकाे प्रभाव देशैभरि परेकाे छ । देशकाे उद्याेगधन्दा, शिक्षणसंस्था, कलकारखानादेखि यातायात क्षेत्र सबैमा बन्दकाे प्रभाव घनिभूत परेकाे छ ।
बन्दकाे एकबिहानै ठाउँ ठाउँमा बम विस्फाेट भएका छन् भने बन्दकाे अटेर गरेर गाडी संचालन गर्नेहरूमाथि बन्दकर्ताहरूबाट अाक्रमणण भएका छन् ।
जाजरकाेट, झापा, पाल्पालगायतका जिल्लामा बिहानै शक्तिशाली बम विस्फाेट भएका छन् भने बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।
बिहानै नवलपुरको गैडाकोटमा दुई ट्रक आगजनी भएको छ । गैंडाकोटमा पराल बोकेका ट्रक र डोटीको बुडर नजिककै मालबाहक ट्रकमा आगजनी भएको बताइएको छ ।
त्यस्तै पाल्पाको दोभान चौकी नजिकै ट्याक्सी माथी पेट्रोल बम प्रहार भएको छ । जसकारण ट्याक्सीमा सामन्य क्षति पुगेको छ । भर्खरै बिहानै जाजरकोट खलंगा तल्लाे थाप्लेमा शिलिन्डर बम विस्फाेट भएको छ भने झापाकाे भद्रपुर र विर्तामाेडमा बम विस्फाेट भएकाे छ ।







