मंगलबार विहानै राजधानी उपत्यकाका विभिन्न स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेपछि उपत्यकाकाे जनजीवन त्रसित बनेकाे छ ।

बम तथा शंकास्पद बस्तु फेला परेपछि अहिले राजधानीको सुरक्षा व्यवस्था कडा पारिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न झण्डै एक् दर्जन स्थानमा बम तथा शंकास्पद बस्तु फेला परेको बताइएकाे छ ।

फेला परेका प्रेसर कुकर बम र प्लाष्टिकमा पोको पारिएका शंकास्पद बस्तु नेपाल प्रहरी र नेपाली सेनाको प्राविधिक टोलीले निष्क्रिय पारेको प्रहरीले बताएकाे छ ।

भक्तपुरको सूर्यविनायक, आदर्श चोक र मध्यपुरठिमी नगरपालिका–१ लोकनथलीमा मंगलबार बिहानै प्रेसर कुकर बम भेटिएको थियो । प्रहरी तथा सेनाको बम डिस्पोजल टोलीले सूर्यविनायकको आदर्श चोक र मध्यपुरठिमीको लोकनथलीमा राखिएको प्रेसर कुकर बम बिहान ६ बजे निष्क्रिय पारेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

यस्तै ललितपुुरको ग्वार्कोमा फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले मंगलबार बिहान ३ बजेतिर सुरक्षित रुपमा डिस्पोज गरेको छ । थसिखेलमा र बटुकभैरवमा फोहोरको थुप्रोमा राखिएका शंकास्पद बस्तु प्रहरीको टोलीले बिहानै निष्क्रिय पारेको छ ।

यसैगरी नैकापमा बम फेला परेको  छ ।  उक्त बम प्रेसर कुकर बम भएको आशंका गरिएको छ । नेपाली सेनाको टोली डिस्फोजका लागि घटनास्थलमा पुग्दै गरेको प्रहरीले जनाएको छ ।

नेत्रविक्रम चन्द, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नेता पक्राउ परेको बिरोधमा मंगलबार बन्द आह्वान गरेकाले उसकै कार्यकर्ताले बमसहितका शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार