
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको प्रभाव राजधानी उपत्यकासहित देशैभर प्रभाव परेकाे छ । उपत्यकामा ठूलाे संख्यामा सुरक्षाकर्मी परिचालन गरेर बन्दलार्इ निश्प्रभावी बनाउन खाेजेपनि बन्दकाे प्रभाव परेकाे छ ।
उपत्यकास्थित उद्याेगधन्दा, कलकारखाना र शिक्षणसंस्था पूर्ण रूपले बन्द छन् । आफ्ना नेता कार्यकर्ता पक्राउको विरोधमा नेकपाले बन्द आह्वान गरेको हो ।
काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा राखिएका प्रेसर कुकर बम र शंकास्पद बस्तु नेपाली सेना तथा प्रहरीको प्राविधिक टोलीले निष्क्रिय पारेको छ । धेरै जसो स्थानमा तर्साउनका लागि प्लाष्टिकमा पोको पारेर शंकास्पद बस्तु राखिएको प्रहरीले जनाएको छ ।
काठमाडाैं उपत्यका लगायत देशैभर कस्ताे छ बन्दकाे प्रभाव ? यस्ता छन् समाचारहरू –
काठमाडौं – बन्दकाे प्रभाव परेकाे ट र नीजि तथा सरकारी विद्यालयका साथै उद्याेगधन्धाहरू पूर्णत बन्द छन् ।
ललितपुर– ललितपुरका तीन ठाउँमा नक्कली बम राखिएको छ । लगनखेलको बटुकभैरव, रिङ रोडस्थित ताल्छिखेल र ग्वाकर्कोस्थित गुण सिनेमामा प्रेसर कुकर भेटिएको तर ती बम नभएर नागरिकलाई तर्साउने उद्देश्यले मात्र राखिएको प्रहरीले जनाएको छ ।
भक्तपुर– सूर्यविनायक र लोकन्थलीमा बिहानै भेटिएको प्रेसर ककुर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।
रोल्पा– रोल्पा र प्युठानको सिमाना स्थल खुङग्रिमा हिजो साँझ बिष्फोटक पदार्थ पड्केको थियो । आजको बन्दले प्युठान र रोल्पामा यातायात, बजार र शिक्षण संस्था बन्द छन् ।
नवलपरासी– पूर्वी नवलपरासीको गैंडाकोटमा दुईवटा ट्रकामा आगजनी भएको छ । भृकुटीचोकमा रोकिएका ना २ ख ८४८७ र ना २ ख २५४८ नम्बरका ट्रकमा आगजनी भएको हो ।
अर्घाखाँची– बन्दले विहानैदेखि अर्घाखाँचीको जनजीवन प्रभावित बनेको छ । विहानैदेखि छोटो तथा लामो दुरीका सवारी साधन चलेका छैनन् ।
गुल्मी– गुल्मी सदरमुकाम तम्घासमा विप्लवका कार्यकर्ताले सोमबार राति मसाल जुलुस निकालेका थिए । बन्दको प्रभाव गुल्मीमा परेको छ ।
रौतहट– पूवपश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा शंकास्पद बस्तु फेला परेको छ । निष्क्रिय बनाउन सेनाको टोली जाँदै छ ।
बाजुरा– बाजुराको बडिमालिका नगरपालिकाको कार्यालय अगाडि प्लाष्टिकको झोलामा शंकास्पद बस्तु फेला परेको छ ।
डडेलधुरा – मिनिटाटामाथि अागजनी भएकाे छ भने साथै एक ट्रकमा पनि अागजनी गरिएकाे छ ।
झापा –झापास्थित कन्काइ नगरपालिकामा बम विस्फाेट भएकाे छ ।
नेकपाले गरेको बन्दका कारण राजधानीका अधिकांश कलेजहरु बन्द भएका छन् । कलेज प्रशासनले कलेज सञ्चालन हुने नहुनेबारे अग्रिम जानकारी नदिँदा कलेजसम्म पुगेका अधिकांश विद्यार्थीहरु कोहि बीचबाटोबाट कोहि कलेज पुगेर त्यत्तिकै फर्किएका छन् ।
जाजरकाेट, झापा, पाल्पालगायतका जिल्लामा बिहानै शक्तिशाली बम विस्फाेट भएका छन् भने बन्दको अवज्ञा गरेको भन्दै नवलपुर र डोटीमा मालबाहक ट्रकमा आगजनी गरिएको छ ।
उता, रौतहटमा पनि शंकाष्पद वस्तु फेला परेकाे छ । चन्द्रपुर–५ स्थित पूर्व पश्चिम् राजमार्गमा रहेको लच्कामा शंकास्पद वस्तु फेला परेको हाे ।
प्रहरीका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बमको आशंकामा निष्क्रिय पार्ने प्रयास गरिरहेको छ ।







