नेपालबन्दका क्रममा सरकारले नेपाल कम्युनिष्ट पार्टीका झण्डै दुर्इ दर्जन नेता कार्यकर्ता गिरफ्तार परेका छन् ।

यसै क्रममा काठमाडाैंबाट दुर्इ र ललितपुरबाट तीन जना कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको छ । बन्दका क्रममा चितवनमा नेकपाका कार्यकर्ता भएकाे अाशंकमा १२ जनालार्इ प्रहरीले पक्राउ गरेकाे छ ।
बन्दका क्रममा आज बिहान लगनखेलबाट नेकपाका जिल्ला सदस्य कुमाल सिलवाल, राजकुमार परियार, जयराम श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको हो ।पाटन हस्पिटल जाँदै गरेका उनीहरुलाई हस्पिटलको गेटबाटै बिना कारण गिरफ्तार गरि सातदोबाटो प्रहरी बृत्तमा राखिएको बताईएको छ ।
अस्पतालमा रहेका बिरामि भेट्न र नियमित स्वास्थ्य जाचका लागि अस्पताल जान लागेका उनीहरुले प्रहरीले पक्राउ गरेको बताईएको छ ।
यसैबीच् काठमाडाैंबाट उषाकिरण र तारा सञ्ज्याल गिरफ्तार भएका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ।
भर्खरै प्राप्त समाचार अनुसार प्रहरीले अाजै काठमाण्डौको बुढानिलकण्ठ नगरपालिका स्थित चुन्निखेलबाट अर्जुन गोतामेलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल बन्दका क्रममा आज बिहानै प्रहरीले गोतामेको घरमा छापा मारी उनलाई गिरफ्तार गरेको जनाईएको छ ।
नेकपाको कार्यकर्ता भएको भन्दै गोतामेलाई गिरफ्तार गरेको बुझिएको छ । तर गोतामे नेकपाको कुनै पनि कमिटिमा आबद्ध नभएको बताईएको छ ।
बन्दका क्रममा निशस्त्र नेकपाका कार्यकर्ता र शुभचिन्तक जनतालार्इ प्रहरीले पक्राउ गरेर अनावश्यक दुख दिएकाे मानवअधिकारकर्मीहरूले बताएका छन् ।







