पाल्पाको तानसेनमा बोलेरो पिकअप भ्यान अनियन्त्रित भएर ठक्कर दिँदा ४ जना घाइते भएका छन् ।

घाइतेहरूको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

तानसेनको हुलाक मोडबाट आन्दोनलचोकतर्फको ओरालोमा ग१च ६४४८ बोलेरो अनियन्त्रित भएर ५/६ वटा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

बोलेरोले मोटरसाइकलहरूलाई धकेल्दै केही तलसम्म पुर्‍याएको थियो ।

दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार