प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन भारतले महत्वपूर्ण योगदान दिएको बताएका छन्।उनका अनुसार गणतन्त्र स्थापनाका लागि छिमेकी देशकाे हैसियतले भारतकाे महत्वपूर्ण योगदान रहेकाे छ।

मित्र राष्ट्र भारतको ७२ औं स्वतन्त्रता दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले नेपाल र भारतीय जनताबीचको सम्बन्धलाई अझैँ आत्मीय बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए।

सभामुख महराले भारतको समृद्धिबाट सिकेर नेपालले अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पारे। उनले दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउन लाग्नुपर्नेमा पनि जोड दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार